मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

वीरगन्जमा टाटा ईभी अटो शो सुरु

आइतबार, ०८ भदौ २०८२, १४ : ३४
आइतबार, ०८ भदौ २०८२

सारांश

  • सिप्रदी ट्रेडिङले वीरगन्जमा टाटा ईभी अटो शो सुरु गरेको छ, जुन तीन दिनसम्म चल्नेछ।
  • अटो शोमा विद्युतीय मोडलहरूको प्रदर्शनीका साथै ग्राहकका लागि विशेष अफरहरू घोषणा गरिएको छ।
  • सो अटो शोमा Curvv.ev, Nexon K3.ev, Punch.ev र Tiago.ev मोडलहरु प्रदर्शनीमा राखिएका छन्।

वीरगन्ज । टाटा मोटर्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले प्राइम अटो ट्रेडर्सको सहकार्यमा वीरगन्जमा ‘टाटा ईभी अटो शो’ सुरु गरेको छ। तीन दिनसम्म चल्ने यो अटो शो अगस्ट २२ देखि २४ सम्म होटल विशुवा, बाइपास रोडमा आयोजना गरिएको हो। प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ।

कार्यक्रममा टाटाका नवीनतम विद्युतीय मोडलहरूको प्रदर्शनीसँगै ग्राहकका लागि विशेष अफर घोषणा गरिएको छ। अफरअन्तर्गत फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उच्चतम एक्सचेन्ज भ्यालुएसन, तीन वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, एसेसोरिज, वार्षिक सवारी कर, होम चार्जिङ इन्स्टलेसन र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधा समावेश छन्।

अटो शोमा Curvv.ev, Nexon K3.ev, Punch.ev र Tiago.ev मोडलहरू प्रदर्शनीमा राखिएका छन्। साथै, आगन्तुकलाई लक्षित गर्दै फूड स्टल, रमाइलो खेलकुद गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन्, जसले यसलाई केवल प्रदर्शनी नभई उत्सवको रूपमा प्रस्तुत गर्ने आयोजकको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप