ह्याप्पी तीज
सहरको बिच
एउटा अँध्यारो कोठा
तेइस चौबीस वर्षकी युवती
काखमा दुधेबालक
ओछ्यानमा बिरामी श्रीमान्
अस्पताल जाने तयारी गर्दैछे ।
बाहिर तीज लागेको छ
झण्डै एक महिना अगाडिदेखि
बाटोभरि ओहोरदोहोर छ
राता साडी, गहनामा सजिएका महिलाहरुको
घन्किएका छन्
तीजका गीतहरु
काटा लगा ...
मुन्नी बदनाम ...
बिस्ताराले पोल्यो ...
यस्तै यस्तै ।
कसैलाई कसैको मतलब छैन
फलानो पार्टीको तीज मिलन
फलानो समूहको तीज मिलन
फलानो फलानोको तीज मिलन
कतै कतै भइरहेछन्
तीज गीत प्रतियोगिताहरु
र कतै चलिरहेछन्
मदिरा पार्टीहरु
रमाइलो छ चारैतिर ।
कसैलाई मतलब छैन
त्यो अँध्यारो कोठामा
आँसु लुकाएर
बिरामी श्रीमानको हेरचाहमा
खटिएकी चेलीको
उनको तीज
त्यही एउटा अँध्यारो कोठामा छ
त्यहाँबाट पर
अस्पतालको बेड अनि
चिकित्सकको सल्लाह प्यारो छ ।
उनको एउटै सपना छ
श्रीमान् निको बनाएर
दुधे बालक बोकेर
यो अट्टाहसपूर्ण सहरबाट
चाँडो आफ्नै गाउँ फर्केर
खुसी मनाउने
दर खाएर
तीज मनाउने
अनि बाँड्ने खुसीहरु
र, भन्ने सबैलाई- ह्याप्पी तीज ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण