मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नाडा अटो शोमा जिली एक्स५को १८७ गाडी बुकिङ

सोमबार, ०९ भदौ २०८२, १४ : १७
सोमबार, ०९ भदौ २०८२

काठमाडौँ । नाडा अटो शोमा जिली एक्स५ विद्युतीय गाडीको उल्लेखनीय बुकिङ भएको छ ।

‘ड्रिम स्मार्ट चाइना’ को अधिकृत आयातकर्ताको रूपमा नेपालमा जिली एक्स५ भित्राउने एलआरआर मोटर्स प्रा. लि. नाडाको क्रममा कुल १८७ गाडीहरूको बुकिङ भएको जानकारी दिएको हो । 

क्याक्स र प्रो गरी दुई वटा भेरियन्टमा प्रदर्शनीमा राखिएको जिली एक्स५को स्टलमा दर्शकहरूको आकर्षण देखिएको कम्पनीको भनाइ छ ।  

अत्याधुनिक प्रविधि, अधिक रेन्ज र आकर्षक डिजाइनका कारण गाडीले भरपर्दो, प्रिमियम र स्टाइलिश ईभी खोज्ने ग्राहकहरूलाई प्रभावित गर्दै उल्लेख्य सङ्ख्यामा बुकिङ प्राप्त गर्न सफल भएको एलआरआर मोटर्सका बिक्री तथा सञ्चालन प्रमुख अधिर श्रेष्ठले बताए । 

आयातकर्ता एलआरआर मोटर्सले जिलीका गाडीहरूको ब्याट्रिमा आठ वर्ष वा एक लाख ६० हजार किमीसम्म वारेन्टी समेत दिएको छ । बुक गरिएका गाडीहरूको डेलिभरी आजैदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप