शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाजामा इजरायली आक्रमणबाट पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु

मङ्गलबार, १० भदौ २०८२, ०० : १७
मङ्गलबार, १० भदौ २०८२

सारांश

  • दक्षिणी गाजाको नास्सर अस्पतालमा इजरायली हवाई आक्रमण हुँदा ५ पत्रकारसहित २० जनाको मृत्यु भयो।
  • बिहान १० बजे भएको दुई चरणको आक्रमणले अस्पतालको मुख्य भवनमा क्षति पुर्‍यायो।
  • इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयले घटनालाई 'दुर्भाग्यपूर्ण त्रुटि' भन्दै दुःख व्यक्त गरेको छ।

काठमाडौँ । दक्षिणी गाजास्थित नास्सर अस्पतालमाथि इजरायली हवाई आक्रमण हुँदा पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको छ।

स्थानीय समय अनुसार बिहान १० बजे भएको दुई चरणको आक्रमणबाट ५ जना पत्रकार सहित २० जनाको मृत्यु भएको हो । 

आक्रमणले आपत्कालीन सेवा सञ्चालन हुँदै अस्पतालको मुख्य भवनमा ठुलो क्षति पुर्‍याएको छ ।

पहिलो विस्फोटपछि उद्धारकर्मीहरू घाइतेलाई सहयोग गरिरहेका बेला दोस्रो आक्रमण भएको बीबीसीले जनाएको छ । 

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले घटनालाई “दुर्भाग्यपूर्ण त्रुटि” भन्दै गहिरो दुःख व्यक्त गरेको छ। उनले यसबारे पूर्ण अनुसन्धान भइरहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप