एनआरएनएको विधान व्याख्या समितिको संयोजकमा श्रेष्ठ
मङ्गलबार, १० भदौ २०८२, १६ : ४३
सारांश
- गैरआवासीय नेपाली संघ (एनआरएनए)को विधान व्याख्या समितिको संयोजकमा सुरेन्द्र श्रेष्ठ चयन भएका छन्।
- बेलायत निवासी श्रेष्ठलाई एनआरएनएको बैठकले चयन गरेको हो, उनी कानुनको ज्ञाता हुन्।
- समितिको सदस्यमा केशव कँडेल र डा नारायण कँडेल चयन भएका छन्, जसले विधान व्याख्या गर्नेछन्।
काठमाडौँ । महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)को विधान व्याख्या समितिको संयोजकमा बेलायत निवासी सुरेन्द्र श्रेष्ठ चयन भएका छन् ।
एनआरएनएको हालै बसेको बैठकले उनलाई विधान व्याख्या समितिको संयोजक चयन गरेको हो । बेलायत निवासी श्रेष्ठ कानुनको ज्ञाता मानिन्छन् ।
यस्तै सोही समितिको सदस्यमा एनआरएनए अभियन्ताहरू केशव कँडेल र डा नारायण कँडेल चयन भएको संघका प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।
समितिले विधानको सम्बन्धमा आवश्यक व्याख्या गर्दै संघको उद्देश्य र कार्यलाई थप प्रभावकारी बनाउने विश्वास एनआरएनएले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण