स्वास्थ्य बिमा नवीकरण नगर्नेलाई थप शुल्क लाग्ने
सारांश
- स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा नवीकरण नगरेका परिवारलाई थप शुल्क मिनाहा गर्ने निर्णय गरेको छ।
- असोज मसान्तभित्र नवीकरण गरे थप शुल्क लाग्ने छैन, तर कात्तिक ३१ पछि विलम्ब शुल्क लाग्नेछ।
- नवीकरण नगरे तीन महिनाभित्र १० प्रतिशत, ६ महिनाभित्र ३० प्रतिशत र एक वर्षभन्दा बढी भए शतप्रतिशत शुल्क लाग्नेछ।
काठमाडौँ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले विगतमा स्वास्थ्य बिमा गरी नवीकरण नगरेका बिमित परिवारहरूलाई एक पटकका लागि थप शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । बोर्डले असोज मसान्तभित्र नवीकरण गरेमा कुनै थप शुल्क नलाग्ने जनाएको छ । तर कातिक ३१ गतेपछि भने चर्काे विलम्ब शुल्क लागू हुने चेतावनी समेत बोर्डले दिएको छ ।
बुधबार बोर्डले एक सूचना जारी गर्दै असोज मसान्तसम्ममा नवीकरण गर्नेहरूका लागि पुरानो योगदान रकममा कुनै थप शुल्क नलाग्ने व्यवस्था मिलाइएको जनाएको छ । यसका लागि बिमितहरूले अनलाइन प्रणाली वा दर्ता सहयोगीमार्फत २०८२ कार्तिक ३१ गतेभित्र अनिवार्य रूपमा स्वास्थ्य बिमा नवीकरण गर्नुपर्नेछ ।
समयमा नवीकरण नलागे कति लाग्छ शुल्क ?
बिमा म्याद अवधिपछि नवीकरण गर्ने बिमित परिवारलाई भने शुल्क लाग्ने बोर्डले जनाएको छ । म्याद सकिएको तीन महिनाभित्र नवीकरण गरेमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकमको १० प्रतिशत थप शुल्क लाग्नेछ । त्यसपछि ६ महिनाभित्र नवीकरण गरेमा योगदान रकमको ३० प्रतिशत थप शुल्क लाग्ने जनाइएको छ ।
६ महिनादेखि एक वर्षभित्र नवीकरण गरेमा योगदान रकमको ५० प्रतिशत थप शुल्क लाग्नेछ । एक वर्षभन्दा बढी भएमा योगदान रकमको शतप्रतिशत (१००%) थप शुल्क लाग्नेछ । दुई वर्षभन्दा बढी भएमा योगदान रकमको तीन गुणा बराबरको शुल्क लाग्ने र तीन वर्षभन्दा बढी भएमा योगदान रकमको चार गुणा बराबरको शुल्क लाग्ने बोर्डले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
-
रामेश्वरले घटाएको विष्णुको बजेट स्वर्णिमले किन बढाए ?
-
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण