टेलर स्विफ्टले रोनाल्डोलाई पछि पारिन्, मेस्सीको रेकर्ड अझै टुट्न बाँकी
बिहीबार, १२ भदौ २०८२, ०७ : ३९
सारांश
- टेलर स्विफ्ट र ट्राभिस केल्सीको इन्गेजमेन्ट घोषणा सामाजिक सञ्जालमा भाइरल भएको छ।
- स्विफ्टको इन्स्टाग्राम पोस्टले १० मिलियन लाइक्स एक घण्टा ५ मिनेटमा प्राप्त गर्यो, रोनाल्डोको रेकर्ड तोड्यो।
- मेस्सीको २०२२ विश्वकप विजयी तस्वीरको पोस्टले ३९ मिनेटमै १० मिलियन लाइक्स पाएको थियो, रेकर्ड कायम छ।
काठमाडौं । गायिका टेलर स्विफ्टको एनएफएल स्टार ट्राभिस केल्सीसँगको इन्गेजमेन्टको घोषणा सामाजिक सञ्जालमा भाइरल भएको छ।
उनको यस इन्स्टाग्राम पोस्टमा १० मिलियन लाइक्स पुग्न एक घण्टा ५ मिनेट मात्र लागेको छ, जसले क्रिस्टियानो रोनाल्डोको २ घण्टा १० मिनेटको रेकर्डलाई पछि पारेको हो।
तर अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीको रेकर्ड अझै कायम छ। मेस्सीले सन् २०२२ विश्वकप विजयी तस्वीरको पोस्ट केवल ३९ मिनेटमै १० मिलियन लाइक्समा पुर्याएका थिए। यससँगै उनले एकै पोस्टमा सबैभन्दा बढी ७४.५ मिलियन लाइक्सको विश्व रेकर्ड कायम गरेका छन्।
अघिल्लो उदाहरणमा, रोनाल्डो र मेस्सीको सहकार्यमा लुई भिट्टनको विज्ञापन पोस्टले ४१ मिलियन लाइक्स पाएको थियो भने स्विफ्टको हालको पोस्टको लाइक्स संख्या ३२ मिलियनसम्म पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण