१९ वर्षमुनिका क्यान्सर रोगीका लागि १ करोडभन्दा बढीका औषधिमा भन्सार छुट
बिहीबार, १२ भदौ २०८२, ११ : १७
सारांश
- सरकारले युनिसेफको सहयोगमा क्यान्सर उपचारका लागि प्रयोग हुने औषधि खरिदमा भन्सार छुट दिने निर्णय गरेको छ।
- स्वास्थ्य सेवा विभागले युनिसेफबाट प्राप्त रकमबाट औषधि खरिद गर्नेछ।
- १९ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचारका लागि औषधि आयातमा महसुल छुट दिइनेछ।
काठमाडौँ । सरकारले युनिसेफको सहयोगमा प्राप्त हुने रकमबाट क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधी किन्दा भन्सार छुट दिने निर्णय गरेको छ ।
राजपत्रमा सूचना प्रकाशित गर्दै स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखालाई युनिसेफ जिपीएसिसिएम परियोजना कोष बाट निःशुल्क प्राप्त हुने अमेरिकी डलर ३ हजार ५१.६७ (करिब ४ लाख रुपैयाँ) र युरो ७९ हजार ८१३.६० (करिब १ करोड १३ लाख रुपैयाँ) मूल्य बराबरको १९ वर्षमुनिका बालबालिकामा हुने क्यान्सर रोगको उपचारको लागि प्रयोग हुने स्वास्थ्य सामग्री (औषधि) पैठारीमा नेपाल सरकारले पूर्ण भन्सार महसुल छुट दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण