डडेल्धुरा जिप दुर्घटना अपडेट : मृत्यु हुनेहरूको पहिचान खुल्यो
सारांश
- डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन्।
- दुर्घटना नवदुर्गा गाउँपालिका-५ मा भएको हो, जसमा १८ वर्षका सुरेश साउँद लगायतका व्यक्तिहरूको निधन भएको छ।
- ठाँटा बजारबाट डडेल्धुरा बजारतर्फ आउँदै गरेको जिप सडकबाट २५० मिटर तल खसेको थियो।
डडेल्धुरा । डडेल्धुरामा आज बिहान भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आज बिहान करिब ९ बजे भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएकाको परिचय खुलेको छ। नवदुर्गा गाउँपालिका–५ कै चार जनाको मृत्यु भएको हो। घाइते पनि सोही ठाउँका हुन्।
मृत्यु हुनेमा १८ वर्षका सुरेश साउँद, २३ वर्षका सुरेश पार्की, ४० वर्षकी तारा अवस्थित, र ७२ वर्षीया कलावती साउद रहेका छन्। चालक ३५ वर्षीय रामबहादुर साउदले चलाएको से.१ ज ७३८ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।
ठाँटा बजारबाट डडेल्धुरा बजारतर्फ आउँदै गरेको जिप भित्री सडक खण्डको चौडमा दुर्घटना भएको हो। जिप सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
यसैगरी दुर्घटनामा परी ६ जना घाइते भएका छन्। घाइतेहरूमा १८ वर्षीया सुशीला विक, ४ वर्षीय प्रतिक पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, चालक रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश विक रहेका छन्।
घाइतेहरूको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पतालतर्फ पठाइएको छ। दुर्घटनाको कारण खुलेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण