प्रचण्डलाई प्रश्न : सकारात्मक माहोल बन्दै जाँदा किन समस्या आउँछ ?
सारांश
- कोशी प्रदेश माओवादी केन्द्रको बैठकमा नेताहरूले अध्यक्ष प्रचण्डलाई विभिन्न विषयमा प्रश्न उठाए।
- भिजिट भिसा काण्ड र नेता जनार्दन शर्माको असन्तुष्टिको विषयमा प्रचण्डलाई प्रश्न सोधिएको थियो।
- पार्टी भित्रको अराजकता र दुई बुँदे सहमतिलगायतका विषयमा नेताहरूले चिन्ता व्यक्त गरे।
विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेशको सचिवालय बैठकमा सहभागी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेताहरूले प्रश्नको वर्षा गराएका छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डलाई भिजिट भिसा काण्डमा गरिएको दुई बुँदे सहमति र नेता जनार्दन शर्माले राखिरहेको असन्तुष्टिको विषयमा नेताहरूले प्रचण्डलाई प्रश्न गरेका थिए ।
‘मलाई गजब लागेको छ । यो हलमा सुशासन, सामाजिक न्याय र भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गर्ने माओवादी र प्रचण्ड हो भन्ने पनि छौँ । मनमोहन बाहेक अर्थात प्रचण्डसमेत भ्रष्ट हो भनेर पार्टीकै नेताले आरोप लगाउँदा थपडी बजाउने पनि यही हलमा छौँ । के हुन लागेको हो ?,’ एक नेताले प्रश्न गर्दै भने, ‘प्रचण्ड पनि असुली धन्दामा लागेको हो भन्ने गम्भीर र अराजक आरोप लगाउनेको धारणामा जिवनभर असुली धन्दा चलाएका र पार्टीबाट पद, सुविधा र अवसर पाएकाहरूले नै थपडी बजाएको आश्चर्यजनक अवस्था पनि पार्टीमा चलेको छ ।’
यस्तै ती नेताले १८ महिने सरकारको काम, त्यसपछिको पार्टीको अभियानले जागेको उत्साहलाई दुई बुँदेले धूमिल बनाएको बताएका थिए ।त्यहीवेला बहसको नाममा बजाउन सुरु भएको बेमौसमी बाजाले पार्टीलाई कमजोर बनाएको उनको जिकिर थियो ।
‘पार्टीको पक्षमा सकारात्मक माहोल बन्दै जाँदा हरेक पटक किन समस्या खडा हुन्छ ? कांग्रेसमा नेतृत्व सङ्कट, एमालेमा विद्याको चुनौती आएको बेला नै हाम्रो पार्टीमा किन बखेडा सिर्जना भयो ? यो सामान्य र स्वाभाविक हो भन्ने लाग्दैन । गम्भीर हुनुपर्छ,’ उनले प्रचण्डलाई भने ।
प्रदेश कमिटीका एक सदस्यले एक नेताको विषयमा साङ्केतिक स्ट्याटस लेख्दा स्पष्टीकरण सोधिएको बताउँदै अर्का एक नेताले प्रश्न गरे, ‘अहिले केन्द्रका नेताहरू नै अध्यक्ष र अरू नेता विरुद्ध जथाभावी बोल्दा प्रदेश समितिले किन देखेनछ ।’
अर्का एक नेताले भने विचारको बहस गरेकै आधारमा कारबाहीको कुरा चलाउन नहुने बताए । ‘विचारको बहस हुन दिनुपर्छ । बहस गरेकै आधारमा कारबाही गर्नुहुन्न । पार्टी किन कमजोर भयो भन्ने समीक्षा गर्नुपर्छ । सङ्गठनात्मक अराजकता नियन्त्रण गर्नुपर्छ,’ ती नेताले भने, ‘नेतृत्वले हल्का अभिव्यक्ति दिने, शीघ्र प्रतिक्रिया दिने काम गर्नुहुन्न । अध्यक्षको उदारताले पनि समस्या भएको छ । दुई बुँदे नगरी विज्ञप्ति निकालेर सांसद खोल्नु पर्थ्यो ।’
स्थायी समिति बैठकपछि पनि पार्टीमा अराजकता सिर्जना गर्ने प्रयास भइरहेको भन्दै नेताहरूले चिन्ता व्यक्त गरे ।
‘त्यो अराजकतालाई प्रदेशमा मलजल गर्ने को हो ? यो नियन्त्रण हुनुपर्छ,’ एक नेताले भने । कोशी प्रदेश नामकरणको बेलामा गल्ती भएको भन्दै निर्णय सच्याउने तिर पार्टी नलागेको भन्दै आलोचना पनि भयो । ‘प्रदेश संसदीय दलले नामाकरणमा गल्ती गरेको हो । त्यो कुरा पार्टीले पनि भन्यो । तर, निकास के हो ? न गल्ती गर्नेलाई कारबाही भयो, न त्यो सच्याउने पक्रिया,’ उनले प्रश्न गरे ।
बैठकमा प्रदेश समिति सचिवालयका ३० जना र १० जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । केन्द्रीय सदस्यहरूमा रञ्जित तामाङ, रामकुमार राई, कुशल लिम्बूलगायत थिए भने प्रदेश सचिवालय सदस्यहरूमा विवेक गौतम, गरिमा भट्टराई, असीम राई, सीपी कडरिया, श्रावण राय, सिता कडरिया, ओके दाहाल, राजन किराँतीलगायतले धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण