अर्मेनियाली विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको टेलिफोन वार्ता, शान्ति सम्झौतामा बधाई
बिहीबार, १२ भदौ २०८२, २० : २९
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले अर्मेनियाका परराष्ट्रमन्त्री अरारात मिर्जोयानसँग बिहीबार टेलिफोन वार्ता गरेकी छन् ।
वार्तामा मन्त्री राणाले अर्मेनिया र अजरबैजानबिच प्रारम्भिक शान्ति सम्झौता भएकोमा मन्त्री मिर्जोयानलाई बधाई दिएकी हुन् ।
परराष्ट्रमन्त्री देउवाले उक्त सम्झौतालाई दशकौँदेखिको विवाद अन्त्यतर्फको ऐतिहासिक कदमको रूपमा व्याख्या गरेकी छन् ।
साथै दुवै नेताबिच आपसी चासोका विषयमा विचार विनिमय भएको र आगामी दिनमा दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन साझा प्रतिबद्धता व्यक्त भएको बताइएको छ ।
यसअघि मन्त्री राणाले अजरबैजानका परराष्ट्रमन्त्री जेहुन बायरामोभसँग पनि टेलिफोन वार्ता गरी शान्ति सम्झौतामा बधाई दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण