जनप्रगतिशील मञ्च युरोपको भेला र पोर्चुगल अधिवेशन लिस्वनमा हुँदै
माओवादी नेताद्वय राम कार्की र ओनसरी सहभागी हुने
सारांश
- एनपीपीएफ युरोपले सेप्टेम्बर १४ र १५ मा लिस्वनमा प्रशिक्षणात्मक भेला र एनपीपीएफ पोर्चुगलको ८ औँ अधिवेशन गर्ने भएको छ।
- कार्यक्रममा पूर्व सूचना तथा सञ्चार मन्त्री राम कार्की र पूर्व सभामुख ओनसरी घर्ती मगर प्रमुख अतिथि रहनेछन्।
- भेलामा युरोप, युके र अमेरिकाबाट माओवादी कार्यकर्ताको सहभागिता रहनेछ र संगठन सुदृढीकरणका योजना बनाइनेछ।
लिस्वन । नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) युरोपले सेप्टेम्बर १४ र १५ मा लिस्वनमा प्रशिक्षणात्मक भेला र एनपीपीएफ पोर्चुगलको ८ औँ अधिवेशन गर्ने भएको छ। पहिलो दिन अधिवेशन र दोस्रो दिन प्रशिक्षणात्मक भेला तथा बैठक आयोजना हुने कार्यक्रम रहेको छ।
नेपाल सरकारका पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव राम कार्की ‘पार्थ’ प्रमुख अतिथि रहनेछन् भने पूर्व सभामुख तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती मगर विशेष उपस्थितिमा रहने भएकी छन्।
एनपीपीएफ युरोपका अध्यक्ष चित्र सुवेदीका अनुसार युरोपका विभिन्न देशसहित युके र अमेरिकाबाट समेत माओवादी कार्यकर्ताको उल्लेख्य सहभागिता रहनेछ। उनले भने, “भेलामा प्रशिक्षण, बैठकसँगै संगठन सुदृढीकरणका लागि ठोस योजना बनाई अघि बढाइनेछ।”
भेलामा बेल्जियम, स्पेन, डेनमार्क, नर्वे, माल्टा, क्रोएसिया, जर्मनी, युके, अमेरिका लगायतका देशका प्रतिनिधिहरू सहभागी हुनेछन्। प्रशिक्षण सत्रमा नेताद्वय राम कार्की र ओनसरी घर्ती मगरले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।
त्यस्तै, एनपीपीएफ पोर्चुगलको ८ औँ अधिवेशनमा नयाँ नेतृत्व चयन गरिने तयारी भइरहेको संयोजक नारायण शर्माले जनाएका छन्। उनले अधिवेशनलाई भव्य बनाउन तयारी तीव्र पारिएको जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण