शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ मा रिलिज हुने

शनिबार, १४ भदौ २०८२, ११ : ३०
शनिबार, १४ भदौ २०८२

सारांश

  • चलचित्र 'शिवांश : च्याप्टर–१' कात्तिक २७ गते रिलिज हुने भएको छ, जसमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाको मुख्य भूमिका छ।
  • पोखरा आसपासमा छायांकन गरिएको यो चलचित्र सन्तोषकुमार आत्रेयको डेब्यु निर्देशकीय सिनेमा हो, जसको कथा निर्माता अञ्जान केसीले लेखेका हुन्।
  • फष्टलुक्समा कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित छ, र यसको पोस्ट प्रोडक्सनको काम चलचित्र चौतारीले गरिरहेको छ।

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने भएको छ । निर्माणपक्षले चलचित्रको फष्टलुक्स सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।

पोष्टर कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित छ । जटाधरी शिव कैलाश पवर्ततर्फ उक्लिँदै गरेको र साँढेको निधारमा त्रिशूल छ । यसको अर्थ र चलचित्रसँग के सम्बन्ध छ, यसबारे भने निर्माणपक्षले केही जानकारी दिएको छैन । 

पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश’ यतिबेला पोस्ट प्रोडक्सनमा छ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशक सन्तोषकुमार आत्रेय हुन् । उनको यो डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा अञ्जान केसी रहेका छन् ।

प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाको मुख्य भूमिका रहेको ‘शिवांश : च्याप्टर–१’ मा विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको पनि अभिनय रहेको छ । 

चलचित्रको कथा निर्माता अञ्जान केसी स्वयंले लेखेका हुन् भने स्क्रिप्ट बारत लिम्बूको छ । सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका हुन् । चलचित्रको सह–निर्मातामा शोभा भण्डारी, अनिस केसी बोगटी र कार्यकारी निर्माता शम्भू थापा हुन् ।

सरद महतो डीओपी रहेको चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रचना रहेकाे छ । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत छ । राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ ।

मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चौहानको कोरियोग्राफी रहेको चलचित्रमा विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर र भीएफएक्स प्रोडुसरका रुपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) छन् । 

बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरी, मिलन मानन्धर प्रोडक्सन म्यानेजर, कमल मिश्र कस्ट्युम, तुलसा लिम्बू एमयूए, युवाहाङ राई पोस्टर फोटोग्राफी रहेका छन् । 

चलचित्र चौतारीले पोस्ट प्रोडन्सनको काम गरिरहेको छ भने वितरण डिजिटल चलचित्र नेपाल (डीसीएन) ले गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप