हेटौँडा अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्छौँ - मन्त्री थापा
सारांश
- स्वास्थ्य मन्त्री किरण थापा मगरले हेटौँडा अस्पताललाई शिक्षण अस्पताल बनाउने बताए।
- मन्त्रीले मानव सेवा आश्रमका बिरामीहरूको निःशुल्क उपचार र स्वास्थ्य बीमाको व्यवस्था गर्ने घोषणा गरे।
- हेटौँडा अस्पतालमा एमडी र एमबीबीएस तहको पढाइ सुरु हुने र सेवामा सुधार आएको मन्त्री थापाले बताए।
हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत शिक्षण अस्पतालको रूपमा विकास गरिने बताएका छन् । उनले अबको केही वर्षभित्रै हेटौँडा अस्पताललाई काठमाडौँको शिक्षण अस्पतालको दाँजोमा पुर्याउने लक्ष्य रहेको बताए ।
शनिबार हेटौँडास्थित मानव सेवा आश्रममा पुगेका मन्त्री थापाले आश्रममा आश्रित बिरामीहरूको हेटौँडा अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने घोषणा गरे । प्रदेश सरकारले यसै वर्षदेखि आश्रममा आश्रितहरूको स्वास्थ्य बिमा शुल्क तिरिदिने व्यवस्था बजेटमार्फत गरेको उनले बताए ।
‘जसको कोही छैन, त्यसको लागि हामी छौँ, प्रदेश सरकार छ,’ उनले भने, ‘भगवानको मन्दिरमा गएर दर्शन गर्दैमा धर्म हुने होइन, मानवको सेवा गर्न सक्यो भने सबैभन्दा ठुलो र पुण्य काम यही हो ।’
मन्त्री थापाले मानव सेवा आश्रमलाई व्यवस्थित गर्न सरकारको तर्फबाट खाना व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उक्त विषयमा मन्त्रिपरिषद् बैठकबाट निर्णय गरिने उनको भनाइ थियो ।
मन्त्री थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालन भएपछि हेटौँडा अस्पतालको सेवामा व्यापक सुधार आएको पनि बताए । हाल ३ सय शय्यामा सञ्चालित अस्पतालमा दैनिक १३/१४ सय बिरामीले ओपीडी सेवा लिइरहेका र यसबाट मकवानपुरका साथै मधेस प्रदेशका चार जिल्लाका नागरिकसमेत लाभान्वित भएका उनको भनाइ थियो ।
उनले प्रतिष्ठानमार्फत एमडी तहमा ८ वटा कोटामा पढाइ सुरु भइसकेको र अब केही महिनाभित्रै एमबीबीएस तहमा ५० वटा कोटामा पढाइ सुरु हुने बताए । यसका साथै स्नातक तहमा विभिन्न विषयमा ३५८ जना विद्यार्थी अध्ययनरत रहेका उनले जानकारी दिए । अबको केही वर्षपछि हेटौँडा डाक्टरहरू बस्ने सहर बन्ने उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण