लगानी भएका जलविद्युत आयोजना निर्माण गर्न मन्त्रालयले सहयोग गर्छ : सचिव मिश्र
सारांश
- वन मन्त्रालयका सचिवले राष्ट्रिय निकुञ्जभित्र निर्माणाधीन जलविद्युत आयोजनालाई अघि बढाउन सहजीकरण गर्ने बताए।
- लगानी भइसकेका आयोजना रोक्दा व्यवसायी र राज्य दुवैलाई नोक्सानी हुने भन्दै मन्त्रालयले यसको पक्षमा नरहेको जनाएको छ।
- मन्त्रालयले अनुमति प्राप्त आयोजनालाई छिट्टै अघि बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ।
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले संरक्षण क्षेत्र र राष्ट्रिय निकुञ्जभित्र निर्माणका लागि लगानी भइसकेका जलविद्युत आयोजना अघि बढाउन मन्त्रालयले सहजीकरण गर्ने बताएका छन्।
आइतबार बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलविद्युत आयोजना सम्बन्धी वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना (ईएमपी अपडेट) गर्न देखिएका समस्याबारे छलफल भएको थियो। त्यही अवसरमा मिश्रले लगानी भइसकेका आयोजना रोकिए व्यवसायी र राज्य दुवैलाई नोक्सानी हुने भएकाले मन्त्रालय त्यसको पक्षमा नरहेको स्पष्ट पारे।
उनका अनुसार, अनुमति लिएर निर्माणका लागि तयार भएका आयोजना छिट्टै अघि बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको छ। तर अझै लगानी नभएका आयोजना अघि बढाउने विषयमा भने थप छलफल आवश्यक रहेको उनले बताए।
मिश्रले संसद्लाई संरक्षण क्षेत्र र राष्ट्रिय निकुञ्जभित्र संवेदनशील क्षेत्र निर्धारण गर्न संसदीय समिति गठन गर्न पनि आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण