तीन फरक स्थानमा सतर्कताको सूचना
सारांश
- जल तथा मौसम विज्ञान विभागले तीन स्थानमा सतर्कताको सूचना जारी गरेको छ।
- कञ्चनपुरको जोगबुढा र पाँचथरको तमोर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।
- दोधारामा भारी वर्षा र थप वर्षाको सम्भावनाले साना खोलामा बाढी आउन सक्ने सम्भावना रहेको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले आज बिहानको जलस्तर मापनको आधारमा तीन फरक स्थानमा सतर्कताको सूचना जारी गरेको छ।
कञ्चनपुर जिल्लाको जोगबुढा (मायापुरी) जलमापन केन्द्रमा आज बिहान ७:२० बजेको जलसतहले सतर्कता तह पार गरेको छ। जलस्तर बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
यसैगरी, पछिल्लो तीन घण्टामा दोधारा वर्षामापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले त्यस क्षेत्रका साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने सम्भावना छ। कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम पनि रहेकोले स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन भनिएको छ।
उता, पाँचथर जिल्लास्थित तमोर जलमापन केन्द्रमा आज बिहान ६:४० बजे जलसतहले सतर्कता तह पार गरेको छ। नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान शाखाले यी क्षेत्रका मानिसहरूलाई जोखिमबाट बच्नका लागि आवश्यक सावधानी अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण