सामसङ मोबाइलको चाडपर्व अफर सार्वजनिक
काठमाडौँ । दशैंलाई लक्षित गर्दै सामसङ नेपालले नयाँ अफर ‘दिनदिनै दशैं’ सार्वजनिक गरेको छ। अफरअन्तर्गत सेप्टेम्बर १ देखि २८ सम्म नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने उपभोक्ताले दैनिक उपहार जित्ने अवसर पाउने भएका छन्।
यस योजनाअनुसार प्रत्येक दिन एक भाग्यशाली विजेताले भाटभटेनी शपिङ भौचर रु. १ लाख प्राप्त गर्नेछन् भने अन्य १० जनाले रु. १० हजारका शपिङ भौचर जित्नेछन्। यसरी दैनिक ११ जना विजेताले दशैंको तयारीलाई अझ रमाइलो बनाउन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
ग्राहकले आफ्नो नयाँ सामसङ मोबाइल वा ट्याबलेटको Serial Number *#06# डायल गरी थाहा पाएर “Samsung <space> Serial No.” लेखी ३५००१ मा SMS पठाउनुपर्नेछ। SMS पठाएपछि दर्ता भएको जानकारी तुरुन्तै प्राप्त हुनेछ। विजेताको घोषणा सामसङको आधिकारिक फेसबुक पेजमार्फत हुने कम्पनीले जनाएको छ।
एमएक्स सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “दिनदिनै दशैं अफरमार्फत सामसङले ग्राहकलाई हरेक चाडपर्वमा अमूल्य अनुभव दिने परम्परालाई निरन्तरता दिएको छ।” सामसङका अनुसार यो अफर नेपालभरका आधिकारिक विक्रेता र ई–कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण