अपडेट
गोरखामा रात्रिबस दुर्घटना, १५ जना घाइते
मङ्गलबार, १७ भदौ २०८२, ०७ : १७
सारांश
- काठमाडौंबाट गोरखाको माछिखोला जाँदै गरेको रात्रिबस दुर्घटना भयो।
- गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिकामा दुर्घटना भएको हो।
- दुर्घटनामा १५ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
पोखरा । काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ ।
गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका-३ स्थित टारीफाँट गगटे नजिक मंगलबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा कम्तीमा १५ जना घाइते भएको स्थानीयले बताएका छन् । घटनास्थलतर्फ प्रहरी गइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण