गोरखा बस दुर्घटना अपडेट : घाइते दुईजना काठमाडौँ रेफर
मङ्गलबार, १७ भदौ २०८२, ०८ : १०
सारांश
- गोरखामा मंगलबार बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन्।
- काठमाडौँबाट गोरखाको माछीखोला जाँदै गरेको बस दुर्घटनामा परेको हो।
- घाइतेमध्ये १९ जनाको आरुघाटमा उपचार भइरहेको छ भने २ जनालाई काठमाडौँ पठाइएको छ।
गोरखा । गोरखामा मंगलबार बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन्।
बाग्मती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको रात्रिबस काठमाडौँबाट गोरखाको माछीखोला जाँदै गर्दा भिमसेनथापा गाउँपालिका–३ टारीफाँट गगटे नजिक गोरखा–आरुघाट सडकखण्डमा बिहान ५ बजे दुर्घटना भएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
गति अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका कुल २१ जनामध्ये १९ जनाको उपचार प्राथमिक उपचार केन्द्र आरुघाटमा भइरहेको छ भने २ जनालाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ।
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस आरुघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १५ जना सुरक्षाकर्मी र नेपाल प्रहरीको संयुक्त टोलीले घाइतेको उद्धार गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण