प्रसिद्ध हलिउड अभिनेता ग्राहम ग्रीनको निधन
सारांश
- प्रसिद्ध हलिउड अभिनेता ग्राहम ग्रीनको ७३ वर्षको उमेरमा निधन भएको छ।
- ग्रीन लामो समयदेखि बिरामी थिए र टोरन्टोको अस्पतालमा उनको निधन भयो।
- ग्रीनले 'डान्सेस विथ वुल्भ्स' मा अभिनय गरेका थिए, जसले उनलाई चर्चा दिलायो।
लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेता ग्राहम ग्रीनको निधन भएका छ । ७३ वर्षको उमेरमा ग्रीनको सोमबार निधन भएको अभिनेताका म्यानेजरले जानकारी दिएका छन् ।
ग्रीन लामो समयदेखि बिरामी थिए । उनी गम्भीर रोगसँग लडिरहेका थिए । टोरन्टोको एक अस्पतालमा अन्तिम सास फेरेको म्यानेजरले बताइएको छ । अवार्ड विजेता क्यानडेली अभिनेता ग्राहम ग्रीनको निधनले आफूहरू निकै दुःखी रहेको म्यानेजर गेरी जोर्डनले एउटा विज्ञप्तिमा उल्लेख गरेको भन्दै सीबीसी न्यूजले समाचार छापेको छ ।
उनको मृत्यु प्राकृतिक कारणले गर्दा भएको भनिएको छ । १९९० मा आएको केभिन कस्टनरको डान्सेज विथ वुल्फमा ग्रिन किकिङ बर्डको भूमिका निर्वाह गरेका थिए । यसका लागि उनी ओस्करको मनोनयनमा परेका थिए ।
ग्रिनको फिल्मी यात्रा सजिलो थिएन । तर आफ्नो अथक संघर्षले उनले सफलताको उदाहरण त प्रस्तुत गरे नै बाहिरबाट आउने धेरै कलाकारहरूका लागि हलिउडको ढोका पनि खोलिदिए । अभिनेताले सन् १९७९ मा ‘द ग्रेट डिटेक्टिभ’बाट आफ्नो अभिनय करियर सुरु गरेका थिए ।
उनको अभिनयलाई धेरैले मन पराएका थिए । उनलाई चर्चा भने ‘डान्सेस विथ वुल्भ्स’ले दिलायो । यो फिल्मले १२ वटा ओस्कर मनोनयन पाएको थियो भने ७ ओस्कर अवार्ड जितेको थियो । मिडिया रिपोर्टका अनुसार, अभिनेताको कुल सम्पत्ति १० लाख डलर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण