जग्गा विवादमा फसिन् शाहरुखकी छोरी सुहाना
सारांश
- बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानले कृषि जग्गा खरिद गरेपछि विवादमा परेकी छिन्।
- सुहानाले महाराष्ट्रको अलिबागमा किसानका लागि छुट्याइएको जग्गा किनेको आरोप लागेको छ, जसले गर्दा उनी समस्यामा परेकी हुन्।
- गैर-किसानले सिधै कृषि भूमि खरिद गर्न नमिल्ने र कलेक्टरको स्वीकृति बिना जग्गा खरिद गरेको आरोप लागेको छ।
मुम्बई । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान कृषि जग्गा खरिदका कारण समस्यामा परेकी छिन्। महाराष्ट्र सरकारले अलिबागको थाल गाउँमा किसानलाई खेतीपातीका लागि दिएको जग्गा उनले खरिद गरेको आरोप छ।
महाराष्ट्र कृषि भूमि ऐन, १९६१ अनुसार, केवल किसान वा किसान परिवारसँग पहिले नै कृषि भूमि भएको व्यक्तिले मात्र त्यस्तो जमिन किन्न सक्छ। गैर-किसानहरूले सिधै कृषि भूमि खरिद गर्न पाउँदैनन्।
त्यस्तै, सरकारले खेतीका लागि मात्र किसानलाई दिएको जग्गा बिक्री गर्न कलेक्टरको स्वीकृति आवश्यक हुन्छ। खरिदकर्ता र बिक्रेता दुवैले तहसीलदार वा कलेक्टरबाट एनओसी (अनापत्ति प्रमाणपत्र) लिनुपर्ने व्यवस्था छ। तर, आरोपअनुसार सुहानाले यो प्रक्रिया पूरा नगरी जग्गा खरिद गरेकी छिन्।
सुहानाले यो जमिन मुम्बईको कफ परेडमा बस्ने खोटे परिवारबाट झन्डै १२.९१ करोड रुपैयाँमा किनेकी थिइन्। उनले ७७.४६ लाख रुपैयाँ स्ट्याम्प शुल्क पनि तिरेकी थिइन्।
जग्गा खरिद र स्थानान्तरण प्रक्रिया ३० मे २०२३ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत भएको थियो। मुम्बई प्रहरीका आवासीय उपायुक्तले यसबारे थप अनुसन्धानका लागि अलिबाग तहसीलदारबाट प्रतिवेदन मागेका छन्।
यसैबिच, सुहाना चाँडै नै आफ्ना बुबा शाहरुखसँगै फिल्म ‘किङ’ मा देखिनेछिन्। यो उनको दोस्रो फिल्म हुनेछ।
यसअघि उनले ‘द आर्चीज’ बाट डेब्यू गरेकी थिइन्। तर स्टार किड्सले भरिएको त्यो फिल्म दर्शकले खासै मन पराएका थिएनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण