आरक्षण हटाए जातीय विभेद हट्छ भन्ने भ्रम किन ?
जब जातीय विभेदको कुरा आउँछ, त्यहाँ जातीय आरक्षण कोटा हटाउनुपर्छ भन्ने कुरा आइरहेको हुन्छ । के जातीय आरक्षण हटाएर जातीय विभेद हटाउन सकिन्छ त ? त्यसो भए कैयौँ वर्षसम्म जातीय आरक्षण नदिँदा किन हटेन त जातीय विभेद ?
मानिसहरु प्रायः दलित कोटाको रिस गर्छन् । तर उनीहरुलाई थाहा छैन आरक्षणमा दलितभन्दा गैरदलितले बढी सुविधा पाइरहेका छन् । जुन वर्तमान समयको जातीय विभेद हो । यसको ज्वलन्त उदाहरण लोकसेवाको आरक्षण कोटाबाट भर्ना हुनेको संख्यालाई आधार मानेर विश्लेषण गर्दा नै स्पष्ट हुन्छ ।
के अन्य आरक्षण पाउनेहरु गरिब भएर आरक्षण पाइरहेका छन् ? किन दलितको मात्र विषयमा कोटा हटाएर गरिबलाई आरक्षण दिने कुरा गरेका होलान् केही व्यक्तिले ?
कतिपय मानिसहरु समाजमा भ्रम छरेर यथार्थलाई ओझेलमा पार्ने गर्छन् । दलितमाथि हुने जातीय विभेद आरक्षणले नै कम हुँदै गएको छ । यसको ज्वलन्त उदाहरण हो, आरक्षणबाट उपसचिव भएका एक दलित किशोरलाई घरमै कथित उच्चजातले छोरी दिन आएका थिए । एक बैँकको उच्च पदमा काम गर्ने दलित केटीका लागि पनि त्यस्तै विवाहका प्रस्तावहरु आए ।
समाज द्रुत गतिमा परिवर्तन भइरहेको छ र जातीय विभेद कम गर्न आरक्षणले पनि सहयोग गरिरहेको प्रशस्त प्रमाणहरु समाजमा देखिन थालेका छन् । त्यसैले दलितलाई दिने आरक्षण हटाएर होइन, बढाएर चाहिँ जातीय विभेद कम गर्न सकिन्छ ।
जात व्यवस्थाको अन्त्य भइहाल्ला त ? भन्ने प्रश्न पनि आउला । खासमा पुरानो जात व्यवस्थाको अन्त्य हुने हो भने जातका आधारमा दलितलाई आरक्षण नदिँदा पनि हुन्छ । तर त्यस्तो अवस्था अहिले नै होला जस्तो लाग्दैन । जसरी जातीय वर्गीकरण गरिएको छ । त्यसलाई नयाँ जात व्यवस्थाले प्रतिस्थापन गर्न सकेमा जातीय विभेद पूर्ण रुपमा अन्त्य हुनसक्छ तर त्यसका लागि सामाजिक रुपान्तरण अपरिहार्य हुन्छ ।
यसका लागि हामी कति तयार र तत्पर छौँ भन्ने कुराले नै चाँडो जात व्यवस्थाको अन्त्य गर्न सकिन्छ ।
परिवर्तनको मुख्य संवाहक राजनीति नै हो । ठूला राजनैतिक दलका अध्यक्ष वा सभापति जस्ता मुख्य पदमा दलित लगायत अन्य पछाडि पारिएका समुदायका व्यक्ति पुग्ने वातावरण जति चाँडो निर्माण हुन्छ, उति नै जात व्यवस्थाका तगाराहरु भत्किँदै जान्छन् ।
राजनीतिमा देखिने परिवर्तन दिगो हुने र त्यसले सबैलाई न्याय प्रदान गर्ने हुन्छ । त्यसैले समाज परिवर्तन गर्न राजनैतिक अभ्यास, संरचना र पदीय प्रमुखता अपरिहार्य छ ।
मानिस भ्रममा बाँचिरहेको हुन्छ । कोही जानी जानी र कोही कोही नजानेर नै दलितमाथि यो या त्यो बहाना बनाएर जातीय विभेद गरिरहेका हुन्छन् । हामीले भ्रमबाट माथि उठेर यथार्थमा बाँच्न नसिके जातीय विभेदको अन्त्य र देश विकास सपना कोरा कल्पनामा मात्र सीमित भइरहने छ ।
(मकरबहादुर सार्की नेपाल खुला विश्वविद्यालयमा एमफिल समाजशास्त्रका स्कोलर हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण