बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चीनको विजय दिवस परेड

चिनफिङको भव्य सैन्य शक्ति प्रदर्शन, अमेरिकासम्म मार हान्न सक्ने मिसाइल देखाइयो

बुधबार, १८ भदौ २०८२, १६ : ३७
बुधबार, १८ भदौ २०८२

सारांश

  • चीनमा जापानको पराजयको ८० वर्ष पुगेको अवसरमा विजय दिवस परेड आयोजना गरियो, जसमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए।
  • चिनियाँ राष्ट्रपति सी चिनफिङले परेडमा सम्बोधन गर्दै चीन कसैको धम्कीबाट नडराउने बताए र जनतालाई इतिहास सम्झन अपील गरे।
  • परेडमा हाइपरसोनिक ग्लाइड भेहिकल्स र आणविक मिसाइल लगायतका सैन्य सामग्री प्रदर्शन गरियो, जसले चीनको सैन्य क्षमता देखाउँछ।

बेइजिङ । दोस्रो विश्वयुद्धमा जापानको पराजयको ८० वर्ष पुगेको अवसरमा चीनमा बुधबार विजय दिवस परेड मनाइएको छ । जहाँ नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए । 

चिनियाँ राष्ट्रपति सी चिनफिङले राजधानी बेइजिङको थियानमेन चोकमा आयोजित यस भव्य सैन्य परेडको सलामी लिएका हुन् । चिनफिङको सम्बोधनपछि विशाल सैन्य परेड निकालिएको थियो । 

चिनफिङले आफ्नो सम्बोधनमा चीन कसैको धम्कीबाट नडराउने र सधैँ अगाडि बढिरहने बताएका छन् । उनले जनतालाई इतिहास सम्झन र जापानविरुद्ध लडेका सैनिकहरूलाई सम्मान दिन अपील गरेका थिए ।
बीबीसीले जनाएअनुसार यस परेडमा हाइपरसोनिक ग्लाइड भेहिकल्स वाइजे-२१ एन्टी-शिप क्रुज मिसाइल र जेएल-३ पनडुब्बीबाट प्रक्षेपण गरिने ब्यालिस्टिक मिसाइल प्रदर्शन गरिएका थिए ।

यसैगरी डीएफ-५सी आणविक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलको उन्नत संस्करण ६एफ पनि प्रस्तुत गरियो । यो मिसाइल अमेरिकाको मुख्य भूमिमा समेत मार हान्न सक्षम रहेको बताइएको छ ।

china-sainya2

यो चीनको हालसम्मकै सबैभन्दा ठुलो सैन्य परेड भएको बताइएको छ । परेड सुरु हुनुअघि राष्ट्रपति चिनफिङसँगै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ-उनसहित विश्वका २५ देशका नेताहरू मञ्चमा उपस्थित भएका थिए । 

रिपोर्टहरूका अनुसार बेइजिङले यस परेडमार्फत आफू अमेरिकाको एक विकल्प रहेको र विश्वका गैरपश्चिमी देशहरूको नेतृत्व गर्ने क्षमता राख्ने सन्देश दिन खोजेको छ । 

नेपालका प्रधानमन्त्री ओलीसँगै पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ, पाकिस्तानी सेना प्रमुख असिम मुनिर र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पनि परेडमा उपस्थित थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप