अडियो प्रकरणबारे दीपकराज गिरीले दिए यस्तो प्रष्टीकरण
बिहीबार, १९ भदौ २०८२, ०८ : १५
सारांश
- कलाकार दीपकराज गिरीले अडियो प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गर्दै आरोपको खण्डन गरे।
- गिरीका अनुसार अडियो एक वर्ष पुरानो हो र चलचित्र निर्माणको समयमा भएको छलफलको अंश हो।
- उनले सन्तोष सेनले रोहित अधिकारीलाई फलो गरेको भिडियो प्राप्त गरेको बताए, जुन उनलाई अचम्म लाग्यो।
काठमाडौँ । कलाकार दीपकराज गिरीले हाल चर्चामा रहेको अडियो प्रकरणबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत एक लामो स्ट्याटस लेख्दै आफूमाथि लागेका आरोपहरूको खण्डन गरेका हुन्।
गिरीका अनुसार, यो अडियो करिब एक वर्ष पहिलेको हो। चलचित्र निर्माणमा व्यस्त रहेका बेला एकाएक उनीमाथि गाली गलौच र बहिष्कारको धम्की आउन थालेपछिको अवस्थामा भएको छलफलको भिडियो अहिले सार्वजनिक गरिएको उनले बताएका छन् ।
उनले सन्तोष सेनले रोहित अधिकारीलाई बिहानदेखि फलो गरेको र उनीहरू बसेको ठाउँमा मान्छे लगाएर अनुगमन गरेको भिडियो प्राप्त गरेपछि आफू छक्क परेको समेत बताएका छन्।
उनले रोहित अधिकारीले त्यो फुटेज र आफूहरूलाई फलो गरेको भिडियो छिट्टै सेयर गर्ने जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण