मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
सारांश
- लोसपा अध्यक्ष महन्थ ठाकुरले मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको आरोप लगाए।
- उनले मधेसी दलहरू एक भएको र मधेसका मुद्दामा सबै एकै ठाउँमा रहेको बताए।
- जनकपुरधाममा आयोजित कार्यक्रममा ठाकुरले मधेसी नागरिकको एकताको आवश्यकता औंल्याए।
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको आरोप लगाएका छन्।
शुक्रबार जनकपुरधाममा सङ्घीय लोकतान्त्रिक मोर्चाले आयोजना गरेको 'वर्तमान राजनीतिक अवस्था: जनजागरण अभियान' लाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
उनले मधेसी नागरिकलाई भगाउने प्रयास भइरहेकोले मधेसी दलहरू एक भएको बताए। अध्यक्ष ठाकुरले भने, 'हामीलाई भगाउने प्रयास भइरहेको छ। त्यसैले हामी एक ठाउँमा उभिएका छौँ। हाम्रो एउटै आवाज छ, हामी अलग-अलग भएर पनि एकसाथ लड्छौँ, एकसाथ मर्छौँ। त्यसैले यहाँ जम्मा भएका छौँ। यो आवश्यकता हो। आपसमा चाहे जतिसुकै मतभेद होस्, एक भएर हामी लड्छौँ। मधेसको मामिलामा हामी एक छौँ र अन्तिमसम्म एक भएर लडिरहन्छौँ।'
उनले मधेसी राजनीतिक दलहरूको एउटै आवाज रहेको र मधेसका मुद्दामा सबै एकै ठाउँमा रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण