इन्डो–नेपाल कराते : समृद्धि टिम च्याम्पियन
सारांश
- समृद्धि स्कुल इन्डो-नेपाल कराते प्रतियोगितामा टिम च्याम्पियन बन्यो, जसले २० स्वर्ण पदक जित्यो।
- भारत १० स्वर्ण पदकका साथ दोस्रो स्थानमा रह्यो।
- सपना गिरी र सविर श्रेष्ठ कुमुतेमा उत्कृष्ट खेलाडी घोषित भए, जबकि अन्भी शाहीले कातामा दोहोरो स्वर्ण जितिन्।
काठमाडौँ । नेपालको समृद्धि स्कुल इन्डो–नेपाल कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आयोजक समृद्धिले २० स्वर्ण, १० रजत र ८ कांस्य पदक जित्दै टिम च्याम्पियन बन्यो ।
वनस्थलीस्थित आयोजक समृद्धि स्कुलको खेल परिसरमा भएको प्रतियोगितामा भारत १० स्वर्णसाथ दोस्रो भएको प्रतियोगिता संयोजक रवि शाहीले जनाएका छन् । कुमुतेको पुरुषमा समृद्धिका सविर श्रेष्ठ डंगोल तथा महिलामा मनमैजुकी सपना गिरी उत्कृष्ट खेलाडी घोषित भए ।
कातामा बेदाङ्गकी अन्भी शाही उत्कृष्ट खेलाडी चुनिइन् । अन्भीले प्रतियोगितामा दोहोरो स्वर्ण जितिन् । प्रशिक्षकमा बेदाङ्गका डम्बरबहादुर आले तथा निर्णायकमा सुवास कार्की उत्कृष्ट ठहरिए ।
विजेतालाई नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसीले एक कार्यक्रमबिच पुरस्कृत गरे । दुई दिने प्रतियोगिताअन्तर्गत काता र कुमुतेमा गरी ४५ स्पर्धामा २ सय ८३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण