राष्ट्रिय परिचयपत्रका लागि मनाङमा घुम्ती शिविर
सारांश
- मनाङमा घुम्ती शिविर सञ्चालन गरी राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरिएको छ।
- सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि अशक्त र ज्येष्ठ नागरिकलाई लक्षित गरी शिविर संचालन गरिएको हो।
- शिविरबाट ६५ जनाभन्दा बढीलाई घरमै राष्ट्रिय परिचयपत्र प्रदान गरिएको छ।
मनाङ । मनाङमा घुम्ती शिविर सञ्चालन गरेर राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरिएको छ ।
सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै जिल्लाका अशक्त तथा ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले घुम्ती शिविर सञ्चालन गरेको हो ।
जिल्ला सदरमुकाम चामेबाट गरिब २ घण्टाको दूरीमा ङिस्याङमा एक दिने घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । शिविरबाट ६५ जनाभन्दा बढीलाई घरछेउमै पुगेर राष्ट्रिय परिचयपत्र प्रदान गरिएको उनले बताए ।
गाउँपालिकाको समन्वयमा त्यहाँका सबै वडाका अशक्त ज्येष्ठ नागरिकलाई अग्रिम जानकारी दिएर परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको थियो । जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउनका लागि एक ‘सेट’ उपकरण र एक जना प्राविधिक कर्मचारी मात्र रहेकाले सार्वजनिक बिदाको दिन पनि घुम्ती शिविर सञ्चालन गरिएको प्रजिअ पौड्यालले बताए। जनताको घरदैलोमै पुगेर यो सेवा निरन्तर सञ्चालन गरिने उनको प्रतिबद्धता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण