१० बजे १० समाचार : जेनजीको आन्दोलनमा चौतर्फी समर्थन, घुसपैठ हुनसक्ने प्रशासनको चिन्ता
आज २०८२ भदौ २२ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- जेनजीको प्रदर्शन
सामाजिक सञ्जाल प्रतिबन्धमा ‘मनोमानी’ सरकारलाई आज नेपाली युवाले यसरी नै प्रश्न गरिरहेका छन् । टिकटकदेखि इन्स्टाग्राम, लिङ्क्डइनदेखि रेडिक्टसम्म यो गीतको पृष्ठभूमिमा नेता र नेताका छोराछोरीहरूको ’लक्जरी लाइफ’ देखाइँदा लाखौं युवाका मनमा दबेर बसेको आक्रोशलाई ज्वालामुखी झैँ विस्फोट गराइरहेको छ ।
सुरक्षा रणनीति
भ्रष्टाचारको विरुद्धमा सोमबार माइतीघरमा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले अनुमति दिएको छ । भोलि बिहान ११ बजेदेखि माइतीघर मण्डलामा स्वतन्त्र नेपाली युवाहरूले भ्रष्टाचार विरुद्ध प्रदर्शन आयोजना गरेका छन् ।
- जेनजीको प्रदर्शनलाई समर्थन
भ्रष्टाचारको विरुद्धमा सोमबार माइतीघरमा हुने प्रदर्शनलाई चौतर्फी समर्थन प्राप्त भइरहेको छ ।
- एमाले विधान महाधिवेशन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो ।
- विधान महाधिवेशनमा ओली
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले न कायर न उग्र वामपन्थी भड्काउको पक्षमै रहेको बताएका छन् । दोस्रो विधान महाधिवेशन समापन समारोहलाई आइतबार गोदावरीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चरित्र मिल्दोजुल्दो भएकाले नजिक भएको बताए ।
- फैसलाको तरङ्ग
सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा गरिएको संशोधनलाई आठ महिनाअघि खारेज गर्यो । यससँगै नेपालका जलविद्युत् आयोजनाहरू निर्माण प्रक्रियामा जान नपाउँदा जलविद्युत क्षेत्रमा सङ्कट र अन्योल देखिएको छ ।
- सुर्ती कर
स्वास्थ्यमा नकारात्मक असर पार्ने सुर्तीजन्य पदार्थको उपभोग घटाउन विश्वभर कर प्रणालीलाई सबैभन्दा शक्तिशाली रणनीतिका रूपमा लिइन्छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले नेपालमा पनि यसको नियन्त्रणका लागि कर सङ्कलनलाई मुख्य आधार बनाउनुपर्ने बताउँछन् ।
- भारतको जीएसटी प्रभाव
भारत सरकारले हालै वस्तु तथा सेवा कर (जीएसटी) को दर घटाएको छ । गत बुधबार बसेको जीएसटी काउन्सिलको बैठकले भारतले लगाउँदै आएको वस्तु तथा सेवा कर (जीएसटी) को स्ल्याब परिवर्तन गरेको हो ।
- ‘कुलिङ अफ पिरियड’ छेडखानी
‘कुलिङ अफ पिरियड’ विधेयकमा छेडखानी भएको निष्कर्ष निकाल्दै सात सदस्यीय संसदीय छानबिन विशेष समितिले साउन २० गते प्रतिवेदन बुझाएको थियो । समितिले छेडखानी गर्नेलाई कारबाही सिफारिस गरेको थियो । तर एक महिना बितिसक्दा सरकारले भने सिफारिस कार्यान्वयनमा उदासीनता देखाइरहेको छ ।
- कुलिङ पिरियडको 'साइड इफेक्ट'
आर्थिक वर्ष सुरु भएको दुई महिना नपुग्दै दुई सचिव र दुई सहसचिवले राजीनामा दिएका छन् । सचिवद्वय डा. टेकराज घिमिरे र भरतमणि सुवेदी तथा सहसचिवहरू रमेश शर्मा पौडेल र रामगोविन्द अर्यालले अवकाशभन्दा अगाडि नै राजीनामा दिएका हुन् ।
- किन आएनन् दर्शक ?
सन् २०२३ नोभेम्बर २१ पछि पहिलो पटक हिजो (शनिबार) नेपाली पुरुष फुटबल टिम दशरथ रंगशालामा उत्रियो, बंगलादेशविरुद्ध । नेपालको घरेलु मैदान यो दुई वर्ष अन्तर्राष्ट्रियस्तरको मापदण्ड नपुगेको भन्दै ‘अयोग्य’ बनेको थियो । यद्यपि महिला टोलीका मैत्रीपूर्ण खेल र थ्री नेसन्स कप भने भएका भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण