इराकको बगदादमा झडप, चार प्रहरीसहित छ जनाको मृत्यु
सारांश
- इराकको राजधानी बगदादमा दुई स्थानीय समूहबीचको झडपमा चार सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु भएको छ।
- निजी विद्युतको शुल्क वृद्धिको विषयलाई लिएर भएको विवाद झडपमा परिणत भएको थियो।
- झडप नियन्त्रणका लागि पुगेको सुरक्षा फौजमाथि आक्रमण भएपछि सुरक्षाकर्मीको मृत्यु भएको हो।
बगदाद । इराकको राजधानी बगदादमा दुई स्थानीय जातबिच भएको हिंसात्मक झडपमा चार सुरक्षाकर्मीसहित छ जनाको मृत्यु भएको छ । घटनाको पुष्टि इराकको आन्तरिक मामिला मन्त्रालयले आइतबार गरेको हो ।
शनिबार राति बगदादको सादा क्षेत्रमा सुरु भएको विवाद निजी बिद्युत् उत्पादन गर्ने यन्त्रको शुल्क वृद्धिका कारण भएको थियो । इराकमा दैनिक लामो समयसम्म सरकारी बिद्युत् सेवा अवरुद्ध हुने भएकाले अधिकांश नागरिकले निजी यन्त्रमा निर्भर रहनु परेको छ ।
झडप नियन्त्रणका लागि पुगेको सुरक्षाफौजमाथि आक्रमण हुँदा दुई वरिष्ठ अधिकृतसहित चार सुरक्षाकर्मी मारिएका हुन् । यसअघि दुई जनाको मृत्यु भएको उल्लेख गरिएको भए पनि उपचारको क्रममा थप दुई जनाको ज्यान गएपछि सङ्ख्या परिमार्जन गरिएको मन्त्रालयले जनाएको छ ।
घटनामा नौ सुरक्षाकर्मी घाइते भएका छन् । सुरक्षाकर्मीमाथि आक्रमण गर्ने समूहले नै गोली चलाएको र जवाफी कारबाहीमा दुई जना मारिएको मन्त्रालयले जानकारी दिएको छ ।
झडपमा संलग्न पाँच जना घाइते भएका छन् भने केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ ।
इराकमा जातीय तथा गुटीय झगडा सामान्यजस्तै बनेको छ । दशकौँ लामो युद्ध, अशान्ति र अस्थिरताले गर्दा त्यहाँ सामान्य विवाद पनि घातक झडपमा परिणत हुने गरेको छ । स्थानीय गुटहरूले आफ्नै नियम, आचारसंहिता र न्याय प्रणाली अनुसार चल्ने गर्छन् र उनीहरूसँग ठुलो मात्रामा हातहतियार समेत रहेको हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण