माओवादीको जागरण अभियान स्थगित, प्रचण्डले बोलाए पदाधिकारी बैठक
सारांश
- माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान स्थगित गरेको छ र काठमाडौं फर्किएको छ।
- पार्टी उपाध्यक्ष पम्फा भुसालले देशको असामान्य परिस्थितिका कारण अभियान स्थगित गरिएको बताइन्।
- भोलि पार्टीको पदाधिकारी बैठक बस्ने र बैठक बिहान ९ बजे बस्ने जानकारी गराएकी छिन्।
काठमाडौँ । नेकपा (माओवादी) केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान स्थगित गरी काठमाडौँ फर्किएका छन् । यसअघि स्थगित भएको जागरण अभियान भदौ २१ गतेबाट सुरु गरेको थियो ।
उपाध्यक्ष पम्फा भुसालले देशको स्थिति असामान्य भएकाले अभियान स्थगित गरिएको बताइन् । भुसालका अनुसार मंगलबार बिहान पदाधिकारी बैठक बोलाइएको छ ।
‘गोरखाको जागरण अभियान स्थगित गरी हामी अहिले काठमाडौँ फर्किँदै छौँ । भोलि पार्टीको पदाधिकारी बैठक बोलाइएको छ’, रातोपाटीसँग उनले भनिन् ।
बैठक बिहान ९ बजे बस्ने भुसालले जानकारी दिइन् । पेरिसडाँडा वा खुमलटार बस्नेबारे निश्चित नभएको उनले बताइन् । जेनजी पुस्ताले गरिएको प्रदर्शन हिंसात्मक भएपछि माओवादीले गोरखामा उपलब्ध भएका पदाधिकारीको आकस्मिक बैठक बसेको थियो ।
जेनजी पुस्ताले सोमबार काठमाडौँ लगायत देशभर गरिएको प्रदर्शनमा १५ जनाले ज्यान गुमाएका छन् । सयौँ घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण