बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

विपक्षी दलहरूको बैठक सम्पन्न, प्रधानमन्त्रीको राजीनामा माग

मङ्गलबार, २४ भदौ २०८२, ०९ : ४२
मङ्गलबार, २४ भदौ २०८२

सारांश

  • प्रचण्डको आह्वानमा बसेको विपक्षी दलहरूको बैठक सिंहदरबारमा सम्पन्न भयो।
  • बैठकमा जेनजी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरियो।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ।

बैठकले जेनजी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेकाे छ । 

प्रतिपक्षी दलको बैठकपछि माओवादी केन्द्रमा उपमहासचिव वर्षमान पुनले भने–'सरकारले युवाहरूको आक्रोशलाई बुझ्न सकेन, सम्बोधन गर्न चाहेन, जसको परिणाम यो भएको हो । उनीहरूको माग जायज छ, प्रतिपक्षीको तर्फबाट संवाद गरेर निकास दिन प्रतिबद्ध छौँ ।'

युवाहरूको स्वतःस्फूर्त आन्दोलनलाई कुनै पनि पार्टीले आफ्नो स्वार्थमा प्रयोग गर्नु बेठिक हुने उनले बताए ।  सरकारबाटै ठुलो नरसंहार भएको छ । आयोग गठन गरी सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न पनि बैठकले माग गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप