घाइतेहरूको उपचारका लागि सहयोग गर्न सम्पूर्ण ऊर्जा उद्यमीहरूलाई इप्पानको अपिल
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भदौ २३ गते भएको शान्तिपूर्ण प्रदर्शनमा १९ जना किशोर किशोरीको ज्यान गएको घटनाको घोर निन्दा गरेको छ।
इप्पानले एक विज्ञप्ति जारी गर्दै युवाहरूको आन्दोलनमा भएको निर्मम र बर्बर दमनप्रति आपत्ति जनाएको हो। विज्ञप्तिमा भनिएको छ, ‘राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा १९ दिनसम्म चलेको जनआन्दोलनमा १९ जनाको ज्यान गएपछि राजाले लोकतन्त्र फिर्ता गरेको स्मरण गराउँदै लोकतान्त्रिक सरकारले जेनजी पुस्ताको आन्दोलनमा एकै दिन १९ जनाको ज्यान जानेगरी धरपकड गर्नु निकै खेदजनक छ।’
इप्पानका अनुसार भ्रष्टाचार, कुशासन र विकास निर्माणमा भएको ढिलासुस्तीका कारण युवा पुस्तामा देखिएको चरम निराशा सडकमा पोखिएको हो। संस्थाले राज्य सञ्चालकहरूले स्वतन्त्र नियमनको सट्टा सीमित व्यक्तिहरूको स्वार्थमा काम गरेको र ऊर्जा क्षेत्रलगायत अन्य क्षेत्रमा प्रहार गरिरहेको आरोप लगाएको छ।
इप्पानले प्रहरीले गरेको घातक बल प्रयोगको कडा शब्दमा निन्दा गर्दै शान्तिपूर्ण प्रदर्शनमा गैरकानुनी कार्य नहुँदासम्म सिधै गोली हान्ने आदेश दिनु खेदजनक रहेको बताएको छ। यस घटनापछि सरकारले सत्यतथ्य छानबिन गरी मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको निःशुल्क उपचार गर्न माग पनि गरेको छ।
यसका साथै, इप्पानले सरकारले सबै प्रदर्शनकारीलाई थप हानि हुनबाट बचाउन र उनीहरूका माग सम्बोधन गर्न माग गरेको छ। संस्थाले घाइतेहरूको उपचारका लागि आर्थिक तथा भौतिक सहयोग गर्न सम्पूर्ण ऊर्जा उद्यमीहरूलाई अपिल समेत गरेको छ।
गृहमन्त्रीले राजीनामा दिनु एउटा पाटो मात्रै रहेको र यतिले मात्र सरकारको जिम्मेवारी पूरा नहुने इप्पानको ठहर छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण