सुन्धारा कारागारबाट भागेका कैदी झापामा पक्राउ
सारांश
- सुन्धारा कारागारबाट भागेका दुई कैदी झापामा पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा लागूऔषध ओसारपसार मुद्दाका अन्जली खातुन र सुरज कामत रहेका छन्।
- उनीहरूलाई नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो, र थप अनुसन्धान भइरहेको छ।
झापा । ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा काठमाडौँस्थित सुन्धारा कारागारबाट भागेका दुई कैदीबन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गौरीगञ्ज–६ खजुरगाछी घर भएकी ५० वर्षीया अन्जली खातुन र सुरज कामत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार लागूऔषध ओसारपसारमा कसुर ठहरी कैद सजाय भुक्तान गरिरहेकी खातुन गत भदौ २४ गते आन्दोलनका क्रममा भागेकी थिइन् । उनलाई प्रहरीले गएराति भारत भाग्न लागेको समयमा भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरीगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन थापाको कमान्ड र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमान्डमा रहेको संयुक्त गस्ती टोलीले गौरीगञ्ज–५ मलाहा टोलस्थित सीमा इलाकाबाट खातुनलाई पक्राउ गरिएको बताइएको छ । पक्राउ परेकी खातुनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ ।
त्यस्तै आन्दोलनका क्रममा फरार भएका अर्का एक युवक सीमावर्ती भारतीय क्षेत्रमा पक्राउ परेका छन् । बुधबार राति भारत–नेपाल सीमामा रहेको पेकटोला एसएसबी क्याम्पका जवान र टेढागाछ थाना प्रहरीको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–३ का सुरज कामत रहेका छन् । भारतीय प्रहरीले सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएर उनलाई नेपाल प्रहरीको जिम्मा लगाएको बताइएको छ । कामत नेपाल–भारत सीमावर्ती पिलर सङ्ख्या १५४ देखि करिब २०० मिटरभित्र पक्राउ परेका हुन् ।
नेपालको आमवारी हुँदै ई–रिक्सा र पैदल मार्फत उनी भारतीय सीमामा प्रवेश गरेका थिए । लागूऔषधको अभियोगमा उनले कैद सजाय भुक्तान गरिरहेका थिए । उनलाई भारतीय प्रहरीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा बुझाएसँगै थप अनुसन्धान भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण