मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कपिलवस्तु कारागारबाट भागेका १३१ कैदीबन्दी नियन्त्रणमा

शुक्रबार, २७ भदौ २०८२, १६ : २५
शुक्रबार, २७ भदौ २०८२

बुटवल । जेनजी आन्दोलनको मौका पारेर कपिलवस्तु कारागारबाट बुधबार बिहान भागेका १३१ कैदीबन्दीलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको  हो । 

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भागेका मध्ये  ११४ जना  कपिलवस्तुबाट र अन्य १७ जना अन्य जिल्लाबाट नियन्त्रण लिइएको रातोपाटीलाई बताए ।

कारागारमा रहेका कुल ४७० जनामध्ये २८ जना बाहेक अन्य कैदी तोडफोड गर्दे भागेका थिए । अन्य फरार रहेका कैदीबन्दीहरूको तीव्र खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप