क्यानडामा आप्रवासन विरोधी प्रदर्शनमा १० जना पक्राउ
सारांश
- टोरन्टोमा आप्रवासन विरोधी र्याली र विरोध प्रदर्शनका क्रममा १० जना पक्राउ परे।
- क्रिस्टी पिट्स पार्क क्षेत्रमा भएको घटनामा एक व्यक्तिलाई आक्रमण गरेको आरोप लागेको छ।
- र्याली क्यानडा फर्स्ट प्याट्रियटले आयोजना गरेको थियो, जसले ठूलो आप्रवासनको विरोध गरेको थियो।
टोरन्टो । शनिबार दिउँसो क्यानडाको टोरन्टोमा आयोजित आप्रवासन विरोधी र्याली र त्यसको विरोधमा भएको विरोध प्रदर्शनमा निकै हङ्गामा भयो । यस क्रममा टोरन्टो प्रहरीले १० जनालाई पक्राउ गरेको छ । यो घटना सहरको क्रिस्टी पिट्स पार्क क्षेत्रमा भएको थियो ।
स्थानीय समाचार एजेन्सीका अनुसार, पहिलो गिरफ्तारी ९स्थानीय समयअनुसार दिउँसो १२ः४० बजे ब्लूर स्ट्रिट वेस्ट र क्रिस्टी स्ट्रिट नजिकै भएको थियो । एक व्यक्तिलाई आक्रमण गरेको आरोपमा समातिएको थियो । यसपछि, दिनभरि कुल १० जनालाई पक्राउ गरियो ।
र्याली क्यानडा फर्स्ट प्याट्रियट र्यालीको नाममा आयोजना गरिएको थियो । आयोजकहरूले यो र्याली ‘मास इमिग्रेसन’ अर्थात् ठुलो मात्रामा भइरहेको आप्रवासन विरुद्ध र क्यानेडियन मूल्यमान्यताको रक्षा गर्न आयोजना गरिएको दाबी गरेका छन् ।
आफूहरूको उद्देश्य क्यानेडेली नागरिकहरूलाई प्राथमिकता दिनु, देशलाई सबैभन्दा अगाडि राख्नु भएको र्यालीका आयोजक जो अनिदजारले रेडियो–क्यानडालाई भने । बृहत् स्तरमा भइरहेको आप्रवासनले क्यानडाको राष्ट्रिय स्रोतहरूमा दबाब दिइरहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण