बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को नाम दर्ता परीक्षाको मिति तय

आइतबार, २९ भदौ २०८२, १७ : १२
आइतबार, २९ भदौ २०८२

काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले यसअघि स्थगित गरेको १५औँ नाम दर्ता प्रमाणपत्र परीक्षाको नयाँ मिति तोकिएको छ । 

आइतबार परिषदले सूचनामार्फत यो परीक्षा असोज २३ र २४ गते सञ्चालन हुने जानकारी दिएको हो ।

यसअघि परिषद्ले भाद्र २५ र २६ गतेका लागि परीक्षाको मिति तय गरेको थियो । तर जेनजी आन्दोलनका कारण परीक्षा अनिश्चितकालका लागि स्थगित भएको थियो ।   

परिषद्ले परीक्षार्थीहरूलाई आफ्नो आधिकारिक वेबसाइट र फेसबुक पेजमा नियमित रूपमा सूचनाहरू हेर्न अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप