आन्दोलनले अटोमोबाइल क्षेत्रमा गहिरो असर, शान्तिपूर्ण समाधानको आह्वान
काठमाडौं । जेनजी प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको भन्दै नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।
नाडाले यस घटनाबाट प्रभावित सम्पूर्ण परिवारसँग गहिरो समवेदना प्रकट गर्दै शान्तिपूर्ण सम्वादबाट समस्या समाधान गर्न सरकारलाई आह्वान गरेको छ।
नाडाले आन्दोलनका क्रममा जीवन गुमाएका पीडितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको लागि समेत हार्दिक प्रार्थना गरेको जनाएको छ।
नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला भए पनि हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको नाडाको भनाइ छ।
कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढेको उल्लेख गर्दै नाडाले देशको वर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर पुर्याएको र दीर्घकालीन रुपमा लगानी तथा रोजगारीमा पनि चुनौती थपिएको जनाएको छ।
नाडाले शान्तिपूर्ण सम्वाद र सहमतिको बाटोबाट हरेक जटिल र कठिन समस्याहरुको समाधान खोज्न सकिन्छ भन्ने आफ्नो गहिरो विश्वास व्यक्त गरेको छ।
सम्पूर्ण व्यावसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दै अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि आह्वान गरेको छ।
नाडाले आफ्ना सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास, र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिबद्धता व्यक्त गरेको छ। एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक सम्वादमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्ने विश्वास नाडाले लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण