शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

खण्डहर बने प्रमुख तीन राजनीतिक दलको मुख्यालय (तस्बिरहरू)

मङ्गलबार, ३१ भदौ २०८२, ०९ : ०२
मङ्गलबार, ३१ भदौ २०८२

सारांश

  • काठमाडौंमा भएको जेनजी आन्दोलनले ऐतिहासिक संरचना र भौतिक संरचनामा क्षति पुर्‍यायो।
  • आन्दोलनकारीहरूले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी गरे।
  • कांग्रेसले देशभरका कार्यालयमा भएको क्षतिको विवरण संकलन सुरु गरेको छ।

काठमाडौँ । भाद्र २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलन र त्यस पछिको तोडफोड र आगजनीबाट देशको विभिन्न ऐतिहासिक संरचना लगायत भौतिक संरचनामा ठुलो क्षति पुग्यो । 

देशमा बढेको बेथिति, भ्रष्ट्राचारले गर्दा राजनैतिक दल र नेताहरू प्रतिको वितृष्णाले निम्त्याएको  परिणाम थियो जेनजी आन्दोलन । जसको फलस्वरूप आन्दोलनकारीहरूले तीन ठुला राजनीतिक दलका मुख्यालयमा तोडफोड सँगै आगजनी गरेका थिए। 

सानेपास्थित नेपाली कांग्रेसको मुख्यालय पूर्ण रूपमा ध्वस्त भएको छ । कार्यालयको प्रमुख प्रवेशद्वार देखि हरेक कोठामा आगजनी गरिएको थियो । नेपाली कांग्रेसले आजबाट देशभरी भएको प्रदेश कार्यालय र जिल्ला कार्यालयमा भएको क्षतिको विवरण सङ्कलन गर्न लागेको हो ।

14-DSC00311

जेनजी आन्दोलन नेकपा एमालेको च्यासलस्थित मुख्यालय पनि खण्डहर बनेको छ । आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट मुख्यालयका अधिकांश संरचना खरानी भएका छन् ।

12-DSC00302

सोमबार एमालेका महासचिव शंखर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरू पार्टी मुख्यालयमा पुगी कम्युनिस्ट पार्टीको झन्डा राखेका थिए ।

पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पनि जेनजी आन्दोलनबाट ध्वस्त भएको छ । आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट कार्यालयको अधिकांश संरचना जलेर नष्ट भएका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

04-DSC0027301-DSC0026702-DSC0026803-DSC0027005-DSC0027806-DSC0028207-DSC0028708-DSC0028809-DSC0029010-DSC0029211-DSC0029713-DSC0030615-DSC0031916-DSC0032617-DSC0032918-DSC00332

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप