माओवादी सचिव भन्छन् : अब अवस्था परिवर्तन जेनजीको नेतृत्वमा हुनुपर्छ
सारांश
- माओवादी केन्द्रका सचिव गंगानारायण श्रेष्ठले युवा पुस्ताको काँधमा देशको मुख्य जिम्मेवारी रहेको बताए।
- उनले पुरानो पुस्ताले युवा पुस्तालाई स्पेस नदिएको र नेतृत्व परिवर्तनको आवश्यकता औंल्याए।
- श्रेष्ठले युवा पुस्तालाई स्पष्ट विचार, कार्यदिशा र कार्यक्रम लिएर आउन आग्रह गरे।
काठमाडौँ । माओवादी केन्द्रका सचिव गंगानारायण श्रेष्ठले देश सबै नागरिकको भए पनि मुख्य जिम्मेवारी अहिलेको युवा पुस्ता— विशेषगरी जेनजी र जेन अल्फाको काँधमा भएको बताएका छन् ।
उनीहरूलाई सम्बोधन गर्दै उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘हामी निर्णायक होइनौँ, निर्णायक तिमीहरू हौ। हामीले तिमीहरूको खुसी, इच्छा र आकांक्षामा हाम्रो खुसी मिसाउने मात्रै हो। त्यसका लागि म तयार छु, खुसी छु।’
उनले चिनियाँ नेता माओको भनाइ उद्धृत गर्दै युवाहरूलाई उत्साहित गर्दै अगाडि भनेका छन्, ‘यो संसार तिमीहरूको पनि हो, हामीहरूको पनि हो तर अन्तिममा तिमीहरूको हो। युवाहरू उदाउँदो सूर्य हुन्, हामी अस्ताउँदो। सत्य कुरा यही हो ।’
श्रेष्ठले पुरानो पुस्ताले नयाँ पुस्तालाई सोचेजस्तो स्पेस नदिएको आरोप बेठीक मात्र नभई बदलाभाव पनि मिसिएको बताएका छन्। देश र समाज बदला लिएर नभई नेतृत्व बदलिएर मात्र बदल्न सकिने उनको भनाइ छ ।
उनले भनेका छन्, ‘हामीले युद्ध, आन्दोलन र क्रान्ति गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ। यो ऐतिहासिक उपलब्धि हो। त्यसका लागि हामीले ठुलो त्याग, तपस्या र बलिदान गर्यौँ। यो हाम्रो अपराध थिएन, देशको तत्कालीन आवश्यकता थियो।’
साथै अघिल्लो पुस्ताको नेतृत्वमा व्यवस्था परिवर्तन भए पनि अब अवस्था परिवर्तन गर्न युवा पुस्ता चाहिने समेत उनको भनाइ छ ।
उनले भनेका छन्, ‘हामी र हामीभन्दा अघिल्लो पुस्ताको नेतृत्वमा व्यवस्था परिवर्तन भयो अब अवस्था परिवर्तन तिमीहरूको नेतृत्वमा हुनुपर्छ । त्यसका लागि म एउटा सामान्य नागरिकको भूमिका निर्वाह गर्न तयार छु । त्यसका लागि तिमीहरूको पुस्ता स्पष्ट विचार, कार्यदिशा र कार्यक्रम लिएर आउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण