इरानमाथिको प्रतिबन्धबारे के भन्छन् इमानुएल म्याक्रोँ ?
सारांश
- फ्रान्सेली राष्ट्रपति म्याक्रोँले इरानमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुनः लागू हुने बताएका छन्।
- उनले इरान गम्भीर नभएको जानकारी पाएको बताए, जसकारण प्रतिबन्ध लागु हुने संकेत गरेका हुन्।
- बेलायत, फ्रान्स र जर्मनीले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरू पुनः लागू गर्ने प्रक्रिया सुरु गरेका छन्।
तेहरान । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले यस महिनाको अन्त्यसम्ममा इरानमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुनः लागू हुने अपेक्षा आफूले गरेको बताएका छन् । उनले बिहीबार इजरायली टिभी अन्तर्वार्ताको क्रममा यो कुरा भनेका हुन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार एक पत्रकारले म्याक्रोँलाई इरानको आणविक कार्यक्रममा लगाइएका प्रतिबन्धहरू यस महिनाको अन्त्यसम्ममा पुनः लागू हुन्छ कि भनेर सोधेका थिए । यसको जवाफमा उनले भने– ‘हो मलाई लाग्छ, किनभने हामीले इरानीहरूबाट प्राप्त गरेको पछिल्लो जानकारीअनुसार उनीहरू गम्भीर छैनन् ।’
गत महिना बेलायत, फ्रान्स र जर्मनीले एउटा प्रक्रिया सुरु गरेका छन्, जसमार्फत संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरू पुनः लागू (स्न्यापब्याक) गर्न सकिन्छ ।
स्न्यापब्याक संयन्त्र एउटा प्रावधान हो, जसअन्तर्गत इरानले आणविक सम्झौताका सर्तहरू उल्लङ्घन गरेको मानिएमा २०१५ भन्दा पहिले संयुक्त राष्ट्रसङ्घको जुन जुन कठोर प्रतिबन्धहरू थिए, ती सबै स्वचालित रूपमा पुनः लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण