सरकारले आफ्नो निष्ठा यथास्थितिमा नभई विद्रोही जेनजीको पक्षमा राख्नुपर्छ : डा. भट्टराई
सारांश
- बाबुराम भट्टराईले अन्तरिम सरकारलाई जेनजी आन्दोलनको भावना अनुसार काम गर्न सुझाव दिएका छन्।
- उनले युवा समूहबाट कम्तिमा एक तिहाइ सदस्य नियुक्ति गर्न र परिवर्तनको पक्षमा लाग्न आग्रह गरे।
- भट्टराईले सरकारको पुरानो यथास्थितिवादी सोचले युवा असन्तुष्टि बढाउन सक्ने चेतावनी दिए।
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत अन्तरिम सरकारलाई 'जेनजी' आन्दोलनको मर्म र भावनाअनुसार काम गर्न सुझाव दिएका छन्।
उनले प्रधानमन्त्री सुशीला कार्कीका हालसम्मका अभिव्यक्ति, कदम र नियुक्ति सकारात्मक रहेको बताउँदै आन्दोलनको रापताप सेलाउँदै जाँदा पुराना शक्ति र प्रवृत्ति हाबी हुन सक्ने खतराप्रति सचेत गराएका हुन्।
डा. भट्टराईले सरकारले आफ्नो 'निष्ठा' पुराना शक्ति र यथास्थितिमा नभई विद्रोही जेनजी र परिवर्तनको पक्षमा राख्नुपर्नेमा जोड दिएका छन्। उनले यसका लागि मन्त्रिपरिषद् लगायत सबै नियुक्तिहरूमा युवा समूहबाट कम्तीमा एक तिहाइ सदस्य राख्नु उपयुक्त हुने धारणा व्यक्त गरेका छन्।
उनका अनुसार यसो गर्दा सरकारले आफू परिवर्तनको पक्षमा रहेको स्पष्ट सन्देश दिनेछ र युवाहरूको असन्तुष्टि तथा आक्रोशलाई पुनः विस्फोट हुनबाट रोक्न मद्दत पुग्नेछ।
डा. भट्टराईले सरकारको काम गर्ने शैलीमा पुरानो यथास्थितिवादी सोच हाबी भएमा युवाहरूको असन्तुष्टि पुनः बढ्न सक्ने चेतावनी पनि दिएका छन्। त्यसैले सरकारले युवाको भावनालाई निरन्तर सम्मान गर्दै अघि बढ्नुपर्नेमा उनको जोड छ।
जेन-जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारका प्रम सुशीला कार्कीका अहिले सम्मका अभिव्यक्ति, कदम, नियुक्ति सकारात्मक नै छन्। परन्तु आन्दोलनको रापताप सेलाउँदै जाँदा पुरानै शक्ति र प्रवृत्ति हावी हुँदै जान्छ र युवाहरूको असन्तुष्टी र आक्रोश पुनः बिष्फोट हुनसक्छ।
— Baburam Bhattarai (@brb1954) September 21, 2025
अतः सरकारले आफ्नो… pic.twitter.com/8rTlM9mllD
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण