भारत-पाकिस्तानबिचको तनावपूर्ण खेलमा पुनः हात मिलाइएन
सारांश
- दुबईमा भएको भारत र पाकिस्तानबीचको टी-२० क्रिकेट खेलमा खेलाडीहरूले हात मिलाएनन्।
- भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गर्यो, जसमा अभिषेक शर्मा र शुभमन गिलको साझेदारी महत्वपूर्ण रह्यो।
- खेलमा तनावपूर्ण क्षणहरू देखिए, तर भारतले १७२ रनको लक्ष्य ७ बल अगावै पूरा गर्यो।
दुबई । एसिया कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत दुबईमा भएको भारत र पाकिस्तानबिचको दोस्रो खेलमा पनि दुई टोलीका खेलाडीहरूले एकआपसमा हात मिलाएनन्। भारतले पाकिस्तानलाई ६ विकेटले सहजै पराजित गरेको यो खेल तनावपूर्ण थियो।
यसअघि गत आइतबार भएको खेलमा पनि दुई देशबिचको सैन्य द्वन्द्वपछि पहिलो पटक भएको भेटमा खेलाडीहरूले हात मिलाएका थिएनन्। त्यस घटनालाई लिएर पाकिस्तानले आयोजकसमक्ष गुनासो पनि गरेको थियो।
यसपटक दुवै टोली सुपर फोर चरणमा प्रवेश गरिसकेपछि भएको यो खेलमा टसका बेला पनि कप्तानहरूले एक अर्कालाई अभिवादन गरेनन् र खेल सकिएपछि पनि हात मिलाइएन। भारतले १७२ रनको लक्ष्य ७ बल बाँकी छँदै पूरा गरेको थियो।
खेलका क्रममा केही तनावपूर्ण क्षणहरू पनि देखिए। विशेष गरी भारतका ओपनर अभिषेक शर्मा र पाकिस्तानका बलर हरिस रउफबिच भनाभन भएपछि अम्पायरले हस्तक्षेप गर्नुपरेको थियो। खेलपछि अभिषेकले भने, “उनीहरू बिनाकारण हामीकहाँ आइरहेको मलाई पटक्कै मन परेन।” उनले आफ्नो ध्यान टिमका लागि प्रदर्शनमा मात्रै रहेको बताए।
भारतका अभिषेक शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि ५९ बलमा १०५ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए। गिलले ४७ र अभिषेकले ३९ बलमा ७४ रन बनाए। त्यसपछि तिलक वर्माले एक छक्का प्रहार गर्दै भारतलाई लगातार सातौँ जित दिलाए, जसमा उनी ३० रनमा अविजित रहे।
यसअघि ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर साहिबजादा फरहानले ४५ बलमा ५८ रन बनाएका थिए। उनले अर्धशतक पूरा गरेपछि ब्याटलाई बन्दुकजस्तै गरी फायरिङको नक्कल गर्दै खुसी मनाएका थिए।
गत अप्रिलमा भारत-प्रशासित कश्मीरमा भएको आक्रमणपछि दुवै देशबिच चार दिने सैन्य द्वन्द्व भएको थियो।
पाकिस्तानले १० ओभरमा ९१ रन बनाएको थियो तर बिचका ओभरमा रन बनाउन सङ्घर्ष गर्दा स्कोर ठुलो बनाउन सकेन। भारतका शिवम दुबेले २ विकेट लिँदै ३३ रन खर्चिएका थिए।
खेलपछिको प्रस्तुतिमा भारतका कप्तान सूर्यकुमार यादव वा पाकिस्तानका कप्तान सलमान आगा कसैले पनि दुवै देशबिचको समग्र परिस्थितिबारे केही बोलेनन्।
अब पाकिस्तानले मंगलबार श्रीलंकासँग खेल्नेछ भने भारतले बुधबार बंगलादेशसँग खेल्नेछ। यदि दुवै टोली चार टोलीको समूहमा शीर्ष दुईमा रहे भने फाइनलमा आइतबार पुनः भेट हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026