नयाँ र पुराना पुस्ता आरोप–प्रत्यारोप होइन, देश निर्माणमा जुटौँ
यही भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा सरकार र आन्दोलनकारी दुवै पक्षले सावधानी नअपनाउँदा राष्ट्रले ठुलो जनधनको क्षति बेहोर्नुपर्यो । ७० जना हाराहारीले ज्यान गुमाए, सयौँ घाइते भए भने अर्बौंको भौतिक सम्पत्ति नष्ट भयो । नष्ट गरिएका भौतिक सम्पत्ति त ढिलो–चाँडो पुनर्निर्माण होलान्, पुनर्जीवित होलान् तर ज्यान गुमाएका नेपाल आमाका होनहार छोराछोरी पुनर्जीवित हुनेवाला छैनन्, फिर्ता आउनेवाला छैनन् । यो अत्यन्तै पीडादायी घटनाबाट आफ्ना प्रिय छोराछोरी गुमाउने आमाबाबुलाई सबैभन्दा बढी पीडाबोध भएको छ । आफ्ना कलिला सन्तान सदाका लागि गुमाउनुपर्दाको क्षण कति पीडादायी हुन्छ, बेहोर्नेलाई मात्र थाहा हुन्छ, अरुले त सान्त्वना दिने मात्र हुन् ।
यो पीडा र क्षतिका बिचबाट निस्केको परिणामलाई कोही–कसैले अंक गणितीय हिसाबमा हारजित वा नाफा–घाटाका रूपमा लिइरहेको छ भने ऊ सरासर गलत सोचको सिकार भइरहेको छ । यो सोचबाट ऊ तुरुन्त मुक्त हुनु जरुरी छ । यो नाफाघाटा र हारजितको सवाल नभई घटनाले सुरक्षित अवतरण गरेको, देश ठुलो दुर्घटनाबाट बचेको बुझ्नु जरुरी छ । म आन्दोलन जरुरी थियो वा थिएन, त्यतातिर जान चाहन्नँ । यसका बारेमा धेरै विश्लेषण भइसकेका छन् । कुनै पनि घटना, परिघटनाका पछाडि कारण लुकेका हुन्छन्, कारणविना घटना घट्दैन । कारणहरू हाम्रासामु छर्लङ्गै छन् ।
दुःखद दुर्घटनापश्चात् एक हिसाबले देशले एउटा निकास पाएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ, संसद् विघटन भएको छ, आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरिएको छ । यो प्रक्रियाका सन्दर्भमा बजारमा बग्रेल्ती टीका–टिप्पणी भइरहेका छन्— यो वैधानिक भएन, संविधानसम्मत भएन, पद्धति विपरीत भयो, आदि–आदि ।
विगतमा पद्धति, संविधान र नियम कानुन अनुसार देश नचलाएकै कारण देश अस्तव्यस्त भएको होइन र ? भ्रष्टाचार पराकाष्ठामा पुगेको होइन र ? देश कङ्गाल भएको होइन र ? योग्य, शिक्षित, सक्षम, ऊर्जावान् युवायुवतीले देशमा उचित काम र दाम नपाएर रुँदैरुँदै बिदेसिनुपरेको होइन र ? चोर औँला अरुतिर तेर्साइरहँदा बाँकी चार औँला आफैँतिर फर्किरहेको हुन्छ भन्ने कुराको हेक्का राख्न जरुरी छ । फागुन २१ गते निर्वाचनमा भाग लिएर जितेर आउँदा भइहाल्यो नि, कसले रोकेको छ र ! भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएर देश र जनतालाई गरिब, कङ्गाल बनाउनका खातिर होइन । देश र जनताको सर्वोपरि हितका निम्ति तयार भएर कसम खाएर निर्वाचनमा उठ्नुपर्यो र जितेपछि आफ्नो स्वार्थभन्दा माथि उठेर देश र जनताको स्वार्थमा काम गर्नुपर्यो, होइन भने हात बाँधेर बसे हुन्छ, कुटाइ खाइएला बेकारमा ।
परिस्थितिले निम्त्याएको अन्तरिम सरकारको गठनपश्चात् जेन–जी पुस्ता र राजनीतिक दलका केही व्यक्तिहरूबिच गाँड कोराकोरको स्थिति बनिरहेको छ । एकापसमा आरोप–प्रत्यारोपको लहर चलेको छ । आक्रोशित भाषामा एकले अर्कालाई विस्थापित गर्ने कुरा चलिरहेका छन् । के यो उचित हो त ? यस्ता क्रियाकलापले देशलाई निकास दिन्छ त ? क्षणिक द्वन्द्वबाट तहसनहस भएको देशलाई पुनः द्वन्द्वतिर धकेल्ने काम गर्नु बुद्धिमानी ठहरिन्छ ? कुनै पनि हालतमा यसलाई उचित ठानिँदैन । यसले त यो देशमा स्थायी शान्ति नचाहने, यो देशको उन्नति–प्रगति नचाहने सधैँभरि दास–गुलाम बनाइराख्न चाहने विदेशी तत्त्वलाई चलखेल गर्ने उचित मौका मिल्न जानेछ । उनीहरूलाई यो अवसर कुनै पनि हालतमा कोही–कसैबाट दिनु हुँदैन । यसबाट हामी सबैका लागि ठुलो घात हुनेछ ।
विगतमा पद्धति, संविधान र नियम कानुन अनुसार देश नचलाएकै कारण देश अस्तव्यस्त भएको होइन र ? भ्रष्टाचार पराकाष्ठामा पुगेको होइन र ? देश कङ्गाल भएको होइन र ? योग्य, शिक्षित, सक्षम, ऊर्जावान् युवायुवतीले देशमा उचित काम र दाम नपाएर रुँदैरुँदै बिदेसिनुपरेको होइन र ? चोर औँला अरुतिर तेर्साइरहँदा बाँकी चार औँला आफैँतिर फर्किरहेको हुन्छ भन्ने कुराको हेक्का राख्न जरुरी छ ।
तसर्थ एकले अर्कालाई तँछाडमछाड वा गालीगलौज गरेर र रिसइबी साँधेर होइन, विगतमा भएका कमी–कमजोरी, गल्ती र खराब कर्महरूलाई सच्याउँदै सबै एकजुट भएर देशलाई समृद्ध बनाउने काममा जुटौँ । आजैबाट मनमुटाव, असमझदारी र दुस्मनीलाई त्यागौँ, यसैमा सबैको भलो हुनेछ, कल्याण हुनेछ, वीर सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ, सहिदहरूप्रति न्याय हुनेछ, सहिदहरूका पीडित परिवारको घाउमा मलम लाग्नेछ । अब हामी फाटेको मनलाई टालेर, ढलेको सम्पदालाई उठाएर, सहिदका सपनालाई पूरा गरेर समाजशास्त्र र दर्शनशास्त्रको दृष्टिकोण अनुसार ‘ध्वंस र निर्माण’को सिद्धान्तलाई आत्मसात् गर्दै सबै मिलेर नयाँ शिराबाट देश विकासमा लागौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण