दसैँमा प्रेम सेनले ल्याए ‘आकाशैमा’
सारांश
- गायक प्रेम सेनको नयाँ गीत ‘आकाशैमा’ सार्वजनिक भएको छ, जसमा पूर्वेली मारुनी भाका समावेश छ।
- गीतमा प्रेम सेनको शब्द र संगीत रहेको छ भने राजु कार्कीले एरेन्ज गरेका छन्।
- गीतको भिडियोमा प्रेम सेन आफैँ फिचर्ड छन्, र यसलाई दिनेश पराजुलीले खिचेका हुन्।
आकाशैमा उड्यो चरी बेसार
हाँसेर बोल माया यो जुनी के छ र
गायक प्रेम सेनको नयाँ गीत ‘आकाशैमा’का शब्द हुन् यी । प्रेमकै शब्द तथा संगीत रहेको गीतले पूर्वेली मारुनी भाका प्रस्तुत गर्छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् ।
मायाप्रेमको भाव व्यक्त गर्ने गीतको भिडियोमा प्रेम आफैँ फिचर्ड छन् । दिनेश पराजुलीले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन तथा कलर संयोजन गरेका छन् ।
गीतको रेकर्डिङ ए वान म्युजिसियनमा गरिएको हो भने राजेश श्रेष्ठले रेकर्डिङ र किशोर थापाले मिक्सिङ गरेका छन् ।
‘पूर्वेली भाका मारुनी लय छ यो गीतमा । देशमा विषम परिस्थिति भएको बेला भएपनि चाडपर्वमा श्रोताहरुलाई नोस्टाल्जिक बनाउला भन्ने अपेक्षा राखेको छु,’ प्रेमले रातोपाटीसँग भने । उनले केही समयअघि ‘म्याङ्लुङ बजार’ गीत सार्वजनिक गरेका थिए ।
'आकाशैमा' गीत 'प्रेम सेन' युट्युब च्यानलमा रिलिज गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण