अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता
बुधबार, ०८ असोज २०८२, १३ : ०९
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ।
- भेटमा समसामयिक राजनीति र निर्वाचनको तयारीबारे छलफल भएको थियो।
- प्रतिनिधिसभा निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे समेत छलफल भएको बताइएको छ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा पौडेल र कार्कीबिच भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीति, फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
राष्ट्रपति भेट्नु अघि प्रधानमन्त्री कार्कीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), सीआइबी प्रमुख एआईजी डा. मनोज केसीसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् । यस्तै मङ्गलवार साँझ नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसँग समेत भेट गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण