निर्वाचनको तयारीमा जनमत, टिकट वितरणबारे जनतासँग माग्यो सुझाव
बिहीबार, ०९ असोज २०८२, ०८ : ५४
सारांश
- सीके राउतको जनमत पार्टी निर्वाचनको तयारीमा जुटेको छ।
- अध्यक्ष राउतले पार्टीलाई जिताउन सुझाव दिन आग्रह गरेका छन्।
- राउतले पार्टी ठुलो बनाउन सके जनताले अधिकार पाउने दाबी गरे।
काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचनको तयारीमा जुटेको छ । अध्यक्ष राउतले नागरिकसँग सुझाव माग्दै पार्टी निर्वाचनमा जुटेको सन्देश दिएका हुन् ।
सामाजिक सञ्जालमा राउतले भनेका छन्– 'तपाईंको निर्वाचन क्षेत्रमा जनमत पार्टीलाई जिताउन को–कसलाई पार्टी प्रवेश गराउनु पर्छ वा कसलाई टिकट दिनुपर्छ ? सुझाव दिनुहोस् । छलफल थाल्नुहोस् । पार्टी प्रवेश गर्नेहरूको सूची बनाउनुहोस् ।'
उनले जनमत पार्टीलाई जति ठुलो बनाउन सक्यो जनताले त्यति अधिकार पाउने समेत दाबी गरेका छन् । सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण