सिरहामा ब्राउन सुगरसहित एक जना पक्राउ
सारांश
- सिरहामा लागुऔषध ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ परेका छन्।
- प्रहरीले विशेष सूचनाको आधारमा मिर्चैया नगरपालिका-५ मा जाँच गर्दा उनलाई पक्राउ गरेको हो।
- पक्राउ परेका व्यक्तिसँग निलो झोलामा प्याक गरिएको ब्राउन सुगर फेला परेको छ, जसको तौल १४८ ग्राम रहेको छ।
सिरहा । लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहाको संयुक्त टोलीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा असोज ९ गते साँझ करिब ५ः ०० बजे मिर्चैया नगरपालिका–५ मा सार्वजनिक सवारीसाधन प्रयोग गरी यात्रा गरिरहेका एक यात्रु शङ्कास्पद लागेपछि जाँच गरिएको थियो ।
जाँचका क्रममा सप्तरीको राजविराज नगरपालिका–७ निवासी करिब ४० वर्षीय दुर्गेशकुमार झाको साथबाट ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार झाको साथमा निलो झोलामा राखिएको दुईवटा स्टिलको बट्टाभित्र प्लास्टिकमा प्याक गरिएको उक्त पदार्थ भेटिएको हो ।
बरामद पदार्थको तौल प्लास्टिक र बटासहित एक सय ४८ ग्राम पाँच सय ६० मिलीग्राम रहेको प्रहरीले जनाएको छ । झालाई हाल थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण