शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : प्रचण्डले त्यागे पद, बालेनले गर्लान् नयाँ पार्टीको नेतृत्व ?

शुक्रबार, १० असोज २०८२, २२ : ००
शुक्रबार, १० असोज २०८२

आज २०८२ असोज १० गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।

  • प्रचण्डले त्यागे पद

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक शुक्रबार साँझ सकिएको हो । 

बैठक समापनपश्चात् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफू अध्यक्ष नरहेको बताए । उनले सञ्चारकर्मीहरूसँग भने,' केन्द्रीय समिति बैठक सफलतापूर्वक सम्पन्न भयो । म अब अध्यक्ष रहिनँ,संयोजक भए ।'

  • पार्टी एकताका लागि वार्ता टाेली गठन

नेकपा एकीकृत समाजवादीले माओवादी लगायत कम्युनिष्टसँग पार्टी एकता गर्न वार्ता टोली गठन गरेको छ । अध्यक्ष माधवकुमार नेपालले शुक्रबार अपानि जारी गर्दै वरिष्ठ नेता बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन गरेको जनाएका हुन । 

  • दसैँमा सास्ती 

संघीय राजधानी काठमाडौँबाट बागमती प्रदेशको राजधानी हेटौंडा जाने सुमोको नियमित भाडा ६५० रुपैयाँ हो । तर अहिले एक हजार रुपैयाँ भन्दा कममा सुमो चढ्न पाइँदैन । 

शुक्रबार बिहान हेटौँडा जान लागेकी सरिता तामाङले बल्खुमा सुमो ड्राइभरसँग झगडा गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप