बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

सोमबार, १३ असोज २०८२, १२ : ३४
सोमबार, १३ असोज २०८२

सारांश

  • नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिकै पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
  • काठमाडौँबाट पोखरातर्फ जाने र आउने सवारी साधन चलिरहेका छन्, तर चितवनतर्फको आवागमन पहिरो पन्छाएपछि मात्र सुचारु हुनेछ।
  • रसुवागढीमा बाढीले पुलमा क्षति पुर्‍याउँदा नेपाल-चीन नाका अवरुद्ध छ, भने संखुवासभामा पनि पहिरोले कोशी राजमार्ग बन्द छ।

काठमाडौँ । नारायणगढ –मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला पुल नजिकै पहिरो खसेकाले सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । केही दिनअघि पहिरो खसेकै स्थानमा आज बिहानदेखि सानो सानो आकारमा पहिरो खसिरहेको छ । बिहान एक चरण पहिरो हटाइएकामा झर्ने क्रम नरोकिएकाले यातायात फेरि अवरुद्ध बन्न पुगेको हो ।

सडक डिभिजन भरतपुरका अनुसार काठमाडौँबाट पोखरातर्फ जाने र आउने सवारी साधन सञ्चालनमा रहेता पनि चितवनतर्फ जाने र आउने सवारी साधन भने पहिरो पन्छाएपछि मात्र सञ्चालनमा आउने छन् । 

 ‘पहिरो झर्ने क्रम जारी नै भएकोले पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणको माध्यमबाट तत्काल पहिरो हटाउने कार्य सुचारू हुनेछ,’ कार्यालयले जानकारी दिएको छ । 

अन्य स्थानमा के छ अवस्था ? 

ट्राफिक प्रहरीका अनुसार  काठमाडौँ उपत्यकामा आउने जाने सवारी आवागमन नाका सामान्य नै रहेको छ ।  काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने सवारी साधन सामान्य तवरले चलिरहेका छन् । 

रसुवाको गोसाइकुण्ड गाउँपालिका २ स्थित रसुवागढीमा बाढीले नेपाल र चीन नाका जोड्ने पुलमा क्षति पुर्‍याएकोले सवारी आवागमन अवरुद्ध रहेको छ । 

 सङ्खुवासभाको  मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा पहिरो खस्दा कोशी राजमार्ग भएर सञ्चालन  हुने सवारी साधन आज  पनि चल्न सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप