१० बजे १० समाचारः महानवमीमा काठमाडौँ सुनसानदेखि राजु पाण्डेको स्पष्टीकरण
सारांश
- काठमाडौं उपत्यकामा दसैँ मनाउन घर फर्किनेको संख्या घटेको छ, जसले गर्दा यात्रु कम देखिएका छन्।
- सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ, जसमा बालबालिका पनि छन्।
- वीरगञ्जको दसैँ मेलामा भएको 'ग्याङ फाइट' मा एक युवकको मृत्यु भएको छ र तीन जना पक्राउ परेका छन्।
आज २०८२ असोज १५ गते बुधबार । अर्थात् नवरात्रको नवौँ दिन, महानवमी पर्व । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
सुनसान प्रायः छ काठमाडौँ
आज काठमाडौँका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो जन्मस्थान जान सुरु भएको थियो । हिजोआज दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको जनाइएको छ ।
उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड कम हुँदै गएको छ । वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न कारणले राजधानीमा रहेकाहरू दसैँका अवसरमा आआफ्नो गाउँ फर्किएका छन् । लामो समयपछि परिवारसँग पुनर्मिलनको आशा, आफ्नै गाउँको माटोको सुवास, चाडपर्वको स्वाद र बाल्यकालका सम्झनाले सबैलाई तानेको छ ।
नेपालपछि कहाँ कहाँ चल्दै छ जेनजी आन्दोलन ?
नेपालमा चलेको आन्दोलनलगत्तै विश्वका केही मुलुकहरूमा पनि यस्तै प्रकृतिका आन्दोलनहरू चल्न थालेका छन् । अहिले कम्तीमा पनि पाँच मुलुकमा आंशिक वा पूर्ण रूपमा जेनजी आन्दोलनहरू चलिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण